काठमाडौं –
लामो खडेरीका कारण प्रभावित तराईका किसानले बर्षा पश्चात भने राहत महसुस गरेका छन्। विशेषगरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ। महाशाखाकी मौसमविद् विनु महर्जनले भनिन्, ुयसपालि पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी नै वर्षा भएको छ, तर पूर्वीतराईबाट विस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अलि कमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ।ु