आज मितिः २०८३ बैशाख १२ गते

ब्रेकिङ न्यूज

सौराहा सामुदायिक पुस्तकालयमा कम्प्युटर तालिम सुरु

सौराहा सामुदायिक पुस्तकालयमा कम्प्युटर तालिम सुरु

रत्ननगर । सौराहा सामुदायिक पुस्तकालयमा तीन महिने आधारभूत कम्प्युटर तथा लेखा तालिम सुरु भएको छ । पुरस्तकालयको आयोजना तथा रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित तालिमको रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँले उद्घाटन गरेका हुन् । सो अबसरमा उनले सुचना प्रविधिको विकाससंगै स्कुले जीवनबाटै कम्प्युटरको आधारभूत ज्ञान हासिल गर्न सके जीवन सहज हुने बताए । वडा नं ६ का वडाध्यक्ष किरण महतोले समाजको विकासमा योगदान गर्दै आएको सौराहा समुदायिक पुस्तकालयले बालबालिका लक्षित कम्प्युटर तालिम आयोजना गरेर रचनात्मक कामको सुरुवात गरेको बताए । कार्यपालिका सदस्य बबिता चौधरीले कलिलै दिमाखमा कम्प्युटर सम्बन्धी ज्ञान दिलाएर बालबालिका तथा किशोरीहरुलाई अध्यायनमा सहज बनाउन खोजिएको बताइन्…
Read More
गहुँबारीमा पसेको बाघलाई नियन्त्रणमा ल्याए

गहुँबारीमा पसेको बाघलाई नियन्त्रणमा ल्याए

कञ्चनपुर- जिल्लाको दक्षिणी क्षेत्र बेलौरी गहुँबारीमा पसेको बाघ तेस्रो दिन नियन्त्रणमा लिएको छ। शुक्रबार १५ चैत्रमा बेलौरी नगरपालिका( २, टेटुवा बिमला चौधरीको गहुँबारीमा पसेको बाघ आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी ठाकुरले बाघ नियन्त्रणका लागि शनिबार प्राविधिक टोली टेटुवा गाउँ गएको बताए। उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका दुई हात्ती, राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको बताए। ‘बाघ फेला परेको स्थानबाट वन प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ, ‘उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता निकुञ्जमै छाड्ने हो, अब सरोकारवालासँग छलफल गरेको अघि बढ्छौँ।’ यसअघि गत वर्ष वैशाख र गत साउनमा गाउँ पसेको बाघले मानिसको…
Read More
आज केही प्रदेशमा वर्षाको सम्भावना

आज केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  
Read More
जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु

झापा- गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो। भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला पर्नुभएको थियो। गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनु भयो। यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए। बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी ६४ जनाले जिल्लामा ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिए। सोही अवधिमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठछ। २०६२ सालदेखि हालसम्म झापामा २२ वटा जङ्गली हात्तीको मृत्यु भएको भालले बताए। पशु चिकित्सक…
Read More
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

काठमाण्डौं- आज सोमबार सार्वजनिक सरकारले सार्बजनिक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरि सोमबार सार्वजनिक बिदा दिएको हो। मुस्लिम आयोगको सिफारिसमा सोमबार इदको बिदा दिइएको हो।  
Read More
पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन

पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन

चितवन- नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथिको भएको आक्रमणमो विरोधमा प्रदर्शन गरेको छ । हिजो भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो । उक्त घटनाको विरोधस्वरुप आज बिहान पत्रकार महासङ्घ चितवन शाखाले कार्यालयदेखि चौबीसकोठीसम्म प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् चितवन शाखाका सल्लाहकार नारायण अधिकारीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव एवम् चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडाले पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण अक्षम्य अपराध…
Read More
ढोरपाटनमा सुरु भयो सिकार याम

ढोरपाटनमा सुरु भयो सिकार याम

बागलुङ- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ। दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो। दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन्। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन्। यही चैत २६ देखि…
Read More
कांग्रेसको निष्कर्ष तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ

कांग्रेसको निष्कर्ष तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ

  काठमाडौं-   सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा शुक्रबार भएको आक्रमणको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा तीनकुनेमा प्रदर्शन भएको र अराजकता फैलाइएको आरोप लगाएको छ। राजावादीहरूको पूर्वयोजनाअनुरुप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको कांग्रेस प्रक्ता प्रकाशशरण महतले बताए। बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा ब्रिफिङ गरेका थिए। गृहमन्त्री लेखकले प्रहरीले राजावादीको सभास्थल ताकेर कुनै गोली वा टियर ग्यास प्रहार नगरेको बताका थिए। प्रवक्ता महतले भने, ुराजावादीहरूले जुन हिसाबले लक्षित गरी आक्रमण गर्‍यो। निजी घर, व्यसायीक घर, मिडिया हाउसमा तोडफोड गरियो। त्यको कांग्रेसले भर्त्सना गरेको…
Read More
आज देशका अधिकांश भागमा आज मौसम सफा रहने

आज देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं-   हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आगामी २४ घण्टामा कोशी…
Read More
माडीमा वन्यजन्तु राहत निर्देशिका माथि अन्तरक्रिया, पीडितमैत्री नभएको स्थानीयको गुनासो

माडीमा वन्यजन्तु राहत निर्देशिका माथि अन्तरक्रिया, पीडितमैत्री नभएको स्थानीयको गुनासो

१६ चैत, माडी । चितवनको माडीमा आज वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० माथि अन्तरक्रिया गरिएको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको आयोजना, जिल्ला गैर सरकारी संस्था महासंघ चितवनको समन्वय, साप नेपाल र डेक नेपालको सहयोगमा गरिएको उक्त कार्यक्रममा वन्यजन्तु प्रभावित क्षेत्रका बासिन्दाहरुले नयाँ राहत निर्देशिका पीडितमैत्री नभएको औल्याएका छन् । स्थानीय लीलाधर भण्डारीले राहत लिने प्रक्रिया अत्यन्तै झण्झटिलो रहेको भन्दै विकल्प खोज्न आग्रह गरे । उनले मध्यवर्ती क्षेत्रका बासिन्दा र बालीनालीको सरकारले बीमा गरिदिने र त्यहाबाट रकम पाउने व्यवस्था गर्नुपर्ने बताए । नयाँ निर्देशिकाले पनि मानब वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न नसक्ने भन्दै उनले निर्देशिका कार्यान्वयनको लागि परिमार्जन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.