आज मितिः २०८३ आश्विन २ गते

ब्रेकिङ न्यूज

नेपाल ‘ए’ क्रिकेट टोलीले पहिलो एकदिवसीय अभ्यास खेल्दै

नेपाल ‘ए’ क्रिकेट टोलीले पहिलो एकदिवसीय अभ्यास खेल्दै

काठमाण्डौ - अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज पहिलो एकदिवसीय अभ्यास खेल्दैछ । नेपाल क्रिकेट संघ ‘क्यान’ले नेपाल ‘ए’ का लागि तीनवटा अभ्यास खेलको तालिका सार्वजनिक तालिकाअनुसार, नेपाल ‘ए’ टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । आउँदो शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अन्तिम खेल आउँदो आइतबार न्युजिल्यान्ड ‘ए’ सँग हुनेछ । टि–२० श्रृंखलामा नेपालले होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो । त्यस्तै भिक्टोरिया एकेडेमी, नर्दन टेरिटोरी स्टाइक, बङ्गलादेश हाइ प्रफर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित थियो । टी–२० को अनुभवपछि अब टोली एकदिवसीय फम्र्याटमा अभ्यास खेल खेल्न लागेको हो…
Read More
विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार १२७ जनाको शव फेला

विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार १२७ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहानसम्म १ हजार १२७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये १ हजार ११३ जनाको लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई बुझाइएको छ। पहिचानका लागि आवश्यक प्रक्रिया तथा डीएनए नमुना सङ्कलनपछि ८६९ शव व्यवस्थापन गरिएको छ। तीमध्ये १७४ महिला, २५७ पुरुष र ४३८ जनाको लिङ्ग पहिचान हुन सकेको छैन। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका…
Read More
नव निर्मित छात्रा शौचालय भवन हस्तान्तरण

नव निर्मित छात्रा शौचालय भवन हस्तान्तरण

चितवन - चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको समन्वय तथा चितवन समाज जापानका पूर्व अध्यक्ष राजन कुमार श्रेष्ठको पहलमा चितवन भरतपुर महानगरपालिका वार्ड नं-१७,नारायण चोक घर भई हाल जापान टोक्यो निवासी व्यवसायी,समाजसेवी श्री बिष्णु प्रसाद कंडेलका पिता निमकान्त कंडेल र माता ईन्द्रकली कंडेलको करीव रु.४ लाख आर्थिक सहयोगमा भरतपुर महानगरपालिका वार्ड नं-१,देवघाटधाम स्थित श्री सीताराम संस्कृत माध्यमिक विद्यालयको हाता भित्र निर्माण सम्पन्न भएको छात्रा शौचालय भवन सस्थाले आज एक औपचारिक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरेको छ ।सस्थाका अध्यक्ष लाल बहादुर भट्टको सभापतित्त्वमा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड न-१ का वार्ड अध्यक्ष श्री केशव महर्जन ज्यू प्रमुख अतिथिको रूपमा…
Read More
स्टार फुटबलर मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

स्टार फुटबलर मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

काठमाण्डौ- अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकपसहित महत्त्वपूर्ण उपाधि जिताएका मेस्सीले अब आफूले सन्न्यास लिएको बताएका हुन् ।३९ वर्षीय मेस्सीले सामाजिक सञ्जालमार्फत सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् । अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुसी तथा गर्व गर्ने अवशर दिन मैदानमा सबै कुरा दिएको उनको भनाइ छ । सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । उनकै कप्तानीमा अर्जेन्टिनाले…
Read More
२ दर्जन शव एउटै घरमा फेला

२ दर्जन शव एउटै घरमा फेला

काठमाडौं - नुवाकोटको विदुर नगरपालिका(१० स्थित एउटै घरभित्र २ दर्जन शव फेला परेका छन्। भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका जानकारी दिएको छ। प्रहरीका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। यद्यपि पानी परेको र राति पनि भइसकेका कारणले शव कतिवटा छन् एकिन भने भइसकेको छैन । विदुर नगरपालिकाका वडा सदस्य मंगल तामाङले भने २२ वटा शव उक्त घरमा रहेको बताए। ‘आज २२ जनाको शव एउटै घरमा फेला पर्‍यो।…
Read More
मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने

मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने

काठमाडौं- विपद् र चाडपर्वको मौका छोपेर मनलाग्दी मूल्य बढाउने, कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले निर्देशन दिएकी छन्। सोमबार मन्त्रालयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँगको छलफलमा मन्त्री यादवले ठूला गोदाममा समेत पुगेर प्रभावकारी बजार अनुगमन गर्न निर्देशन दिएकी हुन्। मन्त्रालयले पहिलोपटक १६ वटा टोली गठन गर्दै दैनिक बजार अनुगमन गरी प्रतिवेदन बुझाउनेछन्। दोषी जोसुकै भए पनि कुनै दबाब वा पहुँचका आधारमा उन्मुक्ति नदिन मन्त्री यादवले निर्देशन दिएकी छन्। विभागले ती टोलीमार्फत बजार मूल्य, वस्तुको उपलब्धता, गुणस्तर तथा उपभोक्ता अधिकारको अवस्थाबारे निरन्तर निगरानी गर्ने जनाएको छ।
Read More
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-८ घर भएका ३६ वर्षीया बिमला घले, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका-३ घर भएका ३६ वर्षीय प्रेम प्रसाद पोख्रेल, काठमाडौं महानगरपालिका-३ बस्ने नुवाकोट ककनी गाउँपालिका-८ घर भएका ३५ वर्षीय सागर गोतामे र ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३० वर्षीया सिन्सा श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये बिमलाले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ६० हजार रूपैयाँ, प्रेम प्रसादले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार…
Read More
इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी

इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी

एजेन्सी- इरानको इस्लामिक रिभोलुसनरी गार्डले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ । आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कारबाहीस्वरूप जोर्डनका किङ हुसेन र अल अज्राक सैन्य अड्डालाई लक्षित गरिएको हो । आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनाथ गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ । यसअघि अमेरिकी अधिकारीहरुले लाराक द्वीपमा इरानी रिभोलुसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए । ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाको दाबी थियो । लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको…
Read More
आज क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुने

आज क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुने

काठमाण्डौं- अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल आज सोमबार हुँदै छ । अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुनेछ। आयोजकका अनुसार नेपाल पुलिस र झापाको खेल दिउँसो ३ बजे सुरु हुने छ । खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार अन्तिम क्वार्टरफाइनलमा विजयी हुने टोलीले बुधबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग प्रतियोगिताको सेमिफाइनल खेल खेल्नुपर्ने छ । यस्तै मङ्गलबार हुने पहिलो सेमिफाइनल खेल सिराहाको सलहेस युथ क्लब र पाहुना टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङबिच…
Read More
रसुवा बाढी: हालसम्म ७ सय ९४ जनाको शव फेला

रसुवा बाढी: हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७:४५ बजे सम्म ७ सय ९४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २ सय ६४ जना, गोरखामा ६१ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १ सय ९७ जना र नवलपरासी पश्‍चिम १ सय २० जना गरी ७ सय ९४ जनाको शव फेला परेको हो । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.