आज मितिः २०८३ आश्विन ७ गते

ब्रेकिङ न्यूज

सौराहामा छतबाट खसेर एक किशोरीको मृत्यु 

सौराहामा छतबाट खसेर एक किशोरीको मृत्यु 

चितवन - चितवन सौराहास्थित एक होटेलको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।   गए राती करिब ११ः१० बजे होटल पार्क साइडमा चारतला माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।   सौराहा घुम्न आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर रत्ननगर अस्पताल टाँडीमा पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा राति ११ः४५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।   शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
Read More
पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै ऊर्जा मन्त्री घिसिङले भने – मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण 

पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै ऊर्जा मन्त्री घिसिङले भने – मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण 

काठमाण्डौ -   उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताएका छन् । बुधवार उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताएका हुन् ।   उनले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ रु प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको बताए। उनले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताए । उनले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरु एकतावद्ध भएर अघि…
Read More
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि

काठमाडौं-   आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि सञ्चालन हुँदै छ। आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरु गरिएको हो।     निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मंसिर २१ गते बिहान १० बजे २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन्।   मंसिर २४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ। आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २०…
Read More
मन्त्री परिषद बैठकबाट सचिवमा फेरबदल , पर्यटनमा निरौला

मन्त्री परिषद बैठकबाट सचिवमा फेरबदल , पर्यटनमा निरौला

काठमाडौँ -   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईजना सचिवको सरुवा गरेको छ । बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरूबीच फेरबदल गरेको हो ।       बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गर्दै त्यहाँका सचिव हरिप्रसाद मैनालीलाई निरौलाको सट्टामा सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको छ ।   श्रम मन्त्रालयमा साढे पाँच महिना बसेर माघ ४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका निरौला १० महिना ११ दिनमै पुनः सिंहदरबार फर्किएका छन् । त्यस्तै, मैनाली गत जेठ १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट पर्यटन मन्त्रालयमा…
Read More
गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना,२१ जना घाइते

गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना,२१ जना घाइते

चितवन - गोरखाबाट नारायणघाट आउँदै गरेको वस दुघर्टना भएको छ ।   गोरखा नगरपालिका-११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।   आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस गोरखा बाह्रकिलोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।   बस रोकेर चालक अन्यत्र गएको बेला दुर्घटना भएको हो । बस १० मिटर तल खसी पल्टेको थियो ।   दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला चितवनमा सम्पन्न

उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला चितवनमा सम्पन्न

भरतपुर- चितवनमा आयोजना भएको उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। चितवनको भरतपुरमा सम्पन्न भेलामा केन्द्रीय समिती सदस्य संजिव भट्टराई (चितवन) , ई. डा. शंकर ढकाल (काभ्रे) र डा. आशुतोष विजय पन्त (ललितपुर) को उपस्थिति थियो । केन्द्रीय सदस्य संजिव भट्टराईले पार्टिको साङठनिक र नितिगत बिषयहरुमा अभिमुखिकरण गर्नुभयो। भेलामा ५० भन्दा बढी विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्ति तथा पार्टी सुभेच्छुक र सदस्यहरुको  उपस्थिती थियो। चितवनका ३ वटै निर्वाचन क्षेत्रहरूमा अन्तर्गत क्षेत्र १ मा कुशल के. सि, क्षेत्र २ मा सरला लामिछाने र क्षेत्र ३ मा समीर के. सिलाई सर्वसम्मतले निर्वाचन क्षेत्र सम्पर्क व्यक्ती तोकीएको छ । कुशल नेपाल-अष्ट्रेलिया प्रवासी नेपाली…
Read More
हङकङमा आगलागीमा ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिने शोक

हङकङमा आगलागीमा ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिने शोक

हङकङ- हङकङमा आगलागीमा परि ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिने शोक शुरू भएको छ । बुधबार वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा भएको आगलागीमा ज्यान गुमाएकाहरुको सम्झनामा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले शनिबारदेखि तीन दिन शोक मनाएको हो । शोकको शुरूआतमा हङकङका अधिकारीहरूले आगलागीमा ज्यान गुमाएकाहरूको सम्झनामा तीन मिनेट मौन धारण गरेका छन् । आगोमा परी कम्तीमा एक सय २८ जनाको ज्यान गएको छ । दुई सय जना भन्दा धेरै बेपत्ता छन् । ब्लकहरूमा चलिरहेको मर्मत सम्भारको काममा कमजोरी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् भने हत्या आरोपमा तीन जना गरी जम्मा ११ जना पक्राउ परेका छन् । यसैबीच चीनले…
Read More
एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने

एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने

काठमाडौं - नेपाल प्रिमियर लिग ९एनपीएल०मा एउटा टोलीलाई ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यान र इंग्ल्यान्डको मेरिलेबन क्रिकेट क्लब ९एमसिसी०बिच उक्त अवार्ड प्रदान गर्नका लागि सम्झौता भएको हो। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई उक्त अवार्ड हस्तान्तरण गरे। क्यानले अब एनपीएलमा स्पिरिट अफ क्रिकेट प्रोत्साहन गर्ने टिमलाई यो अवार्ड प्रदान गर्ने जनाएको छ। खेलमा निष्पक्षता, आपसी सम्मान र खेलको वास्तविक मर्मलाई उत्कृष्ट रूपमा प्रस्तुत गर्ने टोलीलाई यो अवार्ड दिइने क्यानले जनाएको छ। यसका साथै एमसिसीले नेपाली क्रिकेटको विकासका लागि सहकार्य…
Read More
राष्ट्रपति ट्रम्पद्वारा १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुनस् जाँच गर्न निर्देशन

राष्ट्रपति ट्रम्पद्वारा १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुनस् जाँच गर्न निर्देशन

  एजेन्सी - अमेरिकाले १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुनस् जाँच गर्ने भएको छ।   अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुनस् जाँच गर्न निर्देशन दिएका हुन्।     यसमा कुन कुन देशका नागरिक पर्छन् भनेर सोध्दा एजेन्सीले जुनमा जारी गरिएको ह्वाइट हाउसको घोषणालाई उद्धृत गरेको बीबीसीले जनाएको छ।   सूची सहित     -अफगानिस्तान   -क्युबा   -हैटी   -इरान   -सोमालिया   -भेनेजुएला   -बर्मा   -चाड   -कङ्गो गणराज्य   -इक्वेटोरियल गिनी   -इरिट्रिया   *लिबिया   -सुडान   -यमन   -बुरुन्डी…
Read More
निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति सुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने काममा नेपाली सेनाको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन्। आज भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयको निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले सरकारलाई प्राप्त जिम्मेवारीबमोजिम शान्ति सुरक्षाको प्रत्याभूतिसहित घोषित मितिमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरी राष्ट्रिय अभिभारा पूरा गर्ने अभियानमा सेनाको प्रमुख भूमिका रहेको स्पष्ट गरे। गौरवमय इतिहास भएको नेपाली सेनाले निर्वाचन सुरक्षाका क्रममा यसअघि जस्तै प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरे। ‘जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.