चितवनमा भेटिए ७ जना मलेरियाका बिरामी
चितवन- चितवनमा सातजना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन्। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सातजनामा संक्रमण देखिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। गत आर्थिक वर्षमा १० जनामा उक्त रोगको संक्रमण देखिएको थियो। १५ वर्ष उमेरभन्दा बढीमा यो रोग देखिएको उनले बताए। यो रोग एनोफलिज जातको लामखुट्टेले टोक्दा हुने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। अहिले औलो रोग…