आज मितिः २०८३ बैशाख ६ गते

जगदीश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि

काठमाडौँ-

ललितपुर–२ मा उम्मेदवार चयनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद उत्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका जगदीश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो।

निर्वाचन क्षेत्रका रास्वपा नेता तथा कार्यकर्ताहरूले खरेललाई सो क्षेत्रबाट टिकट दिनु उपयुक्त नभएको भन्दै आपत्ति जनाएका छन्।

 

ललितपुर–२ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न इच्छुक छन्। तर पार्टी नेतृत्वले उनलाई ललितपुर–१ बाट उम्मेदवारी दिन सुझाव दिएको एक नेताले जानकारी दिए। महर्जन भने २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेको ललितपुर–२ बाटै उम्मेदवार बन्ने चाहेका छन् ।

 

२०७९ को निर्वाचनमा महर्जनले ८ हजार ६६६ मत प्राप्त गरेका थिए। उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका थिए भने रास्वपाका महर्जन तेस्रो स्थानमा सीमित भएका थिए।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.