आज मितिः २०८३ बैशाख ११ गते

ब्रेकिङ न्यूज

मुग्लिन-मलेखु सडक राति पनि खुल्ने

मुग्लिन-मलेखु सडक राति पनि खुल्ने

चितवन- मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम ९गर्डर० राखे कामसँगै रातिको समयमा सडक आवागमन नरोकिने भएको छ। पृथ्वी राजमार्गको नैबिसे(मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ। उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए। भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो। क्रेनले…
Read More
देशभर मनसुनी वायुको प्रभाव, हल्का देखि मध्यम वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- मनसुनी वायुको प्रभाव हाल देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको…
Read More
अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन म छिट्टै चितवन आउँदै छु- निकिता लामिछाने

अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन म छिट्टै चितवन आउँदै छु- निकिता लामिछाने

चितवन- रवि लामिछानेकी पत्नि निकिता लामिछानेले अन्यायको विरुद्ध हस्ताक्षर अभियानमा सहभागी हुन छिट्टै चितवन आउने बताएकी छन् । उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकि छन् - एउटा प्रश्न बाट शुरू गर्छु ः यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रवि लामिछानेहरु यसरी षड्यन्त्रको सिकार हुने हो भने म जस्ता निकिताहरुले भविष्यका रविहरुलाई घरबाट टीका लगाएर राजनीति गर्न किन पठाउछन् ? आज असार ७ गते, सिङ्गो देशलाई साक्षी राखेर मेरो श्रीमानले आफ्नो नेतृत्वमा एउटा सपना जन्माएको दिन । तेस्रो वर्षमा आइपुग्दा यसका जन्मदातालाई राज्यले कालकोठरीमा थुनेको छ। जबरजस्ती कहिँ ठगी, कहिँ सहकारी ठगी, कहिँ संगठित अपराध रे अनि सम्पत्ति शुद्धिकरण…
Read More
चितवनको भरतपुरबाट तास खेलिरहेका ६ जना समातिए

चितवनको भरतपुरबाट तास खेलिरहेका ६ जना समातिए

चितवन- चितवनमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१८, गाजीपुरका ५२ वर्षीय आयुमान तामाङसहितका व्यक्तिहरू छन् । तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनिहरुबाट नगद ३३ हजार ९६० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  
Read More
इरानमा रहेका १६ नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

इरानमा रहेका १६ नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

काठमाडौं- नेपाल सरकारको अनुरोधमा १६ नेपालीलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको छ । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले इरानमा १६ नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् । “इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ,” परराष्ट्रमन्त्री डा। राणाले भनिन्, “हामी उहाँहरूको सहयोगको प्रतिक्षामा छौँ ।” एक सातादेखि जारी इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा। शंकर…
Read More
चार दिनदेखि ठप्प दुम्कीवास दाउन्ने सडक

चार दिनदेखि ठप्प दुम्कीवास दाउन्ने सडक

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ। वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ। यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन्। बिहीबार राति काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो। बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भने, ‘मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।’ ३१ वर्षीय शिवनारायण थारु काठमाडौंबाट बर्दिया…
Read More
आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाव्दारा जारी बुलेटिनमा उल्लेख छ। वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता जोखिम हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले…
Read More
चितवनमा बस र इभी माइक्रोबस ठोकिँदा ७ जनाको मृत्यु 

चितवनमा बस र इभी माइक्रोबस ठोकिँदा ७ जनाको मृत्यु 

चितवन - चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा भएको एक भयानक सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ। इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।     जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान भएको उक्त दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ भने अहिलेसम्म सात जनाको ज्यान गएको र अन्य घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ। मृत्यु हुनेमा गर्ववती महिला पनि परेकी छन् ।
Read More
नागार्जुनका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

नागार्जुनका मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाण्डौं- विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासको फैसलाअनुसार मेयर मोहनबहादुर बस्नेतले पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको पुष्टि भएको छ । र, घुस लिएर प्राप्त गरेको रकम र जग्गा आफ्नो नाममा राखेर विभिन्न व्यक्ति र कम्पनीलाई बिक्री–वितरण गरी उनले यसबाट १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगोबराबरको सम्पत्ति शुद्धीकरण गरेका छन् । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले शुक्रबार उनलाई दुवै…
Read More
आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.