आज मितिः २०८३ बैशाख ११ गते

ब्रेकिङ न्यूज

उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा पराजित

उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा पराजित

एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपाल एसियन कप खेल्नबाट वञ्चित भएको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले गोल गरिन् । यस्तै नेपालका लागि गीता राना र सविता रानामगरले मात्र गोल गरिन् । सावित्रा भण्डारी ‘साम्बा’को प्रहार बारमा लागेर गोलपोष्टबाट बाहिरिएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको…
Read More
नागरिक उन्मुक्ति पार्टी पनि गठबन्धन सरकारबाट बाहिरिने

नागरिक उन्मुक्ति पार्टी पनि गठबन्धन सरकारबाट बाहिरिने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। नाउपाबाट अहिले सङ्घीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन्। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना सांसदहरूको बेइज्जती भएको र सांसदको बेइज्जती पार्टीको हुने भन्दै पार्टीप्रति जनताको विश्वासको अवमूल्यन भएको आरोप लगाएकी थिइन्। उनले अब आफूहरू सदनमा दृढताका साथ प्रतिपक्षको भूमिकामा उभिने समेत बताएकी थिइन्।
Read More
आज यी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं-   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली…
Read More
टहरामा ढुंगा खस्दा दिदी-बहिनीको मृत्यु

टहरामा ढुंगा खस्दा दिदी-बहिनीको मृत्यु

सुर्खेत- जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ। बिहीबार बेलुकी ९स्०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए। नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए। नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए। प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए।
Read More
एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग एपीएफ क्लब खेल्ने

एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग एपीएफ क्लब खेल्ने

काठमाण्डौ – सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा साउदी अरेबियाको अल नासर, आयोजक उज्वेकिस्तानको पीएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एशियन स्कलर्स छन् । एशियन फुटबल कन्फेडरेसन ९एएफसी० ले समूह चरणको खेल अगस्ट २३ देखि ३१ सम्म सञ्चालन हुने जनाएको छ । मलेशियाको क्वालालम्पुरमा रहेको एएफसी मुख्यालयमा हिजो भएको ‘ड्र’मा समूह चरणका १९ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ । एपीएफ एन्फा महिला लिगको विजेतासमेत हो । एपीएफले प्रारम्भिक चरणका खेल खेलेको थियो । यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् । यी १९ टोलीलाई…
Read More
आज हल्कादेखि  ठूलो पानी पर्ने सम्भावना

आज हल्कादेखि  ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ- आज सबै प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति सङ्खुवासभा, सिन्धुपाल्चोक र कास्कीमा ठूलो पानी परेको छ । महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सङ्खुवासभामा सबैभन्दा धेरै ८६ दशलमव २ मिलिमिटर पानी परेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाईएको छ । काठमाण्डौ उपत्यकामा आज दिउँसो पनि मध्यम वर्षाको सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । यसैबीच सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतह केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा…
Read More
मसाज सेन्टरबाट आठ बालिकाको उद्धार

मसाज सेन्टरबाट आठ बालिकाको उद्धार

कास्कि- पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका स्पा वा मसाज सेन्टरहरूबाट आठ बालिकाको उद्धार गरिएको छ । मसाज सेन्टरहरूमा १८ वर्षमुनिका बालबालिकाहरूलाई काममा लगाउन नपाइने भए पनि सञ्चालकले त्यसको अटेर गर्दै उनीहरूलाई काममा लगाउने गरेका थिए। लेकसाइडस्थित स्पा सेन्टरहरूमा बालिकाहरूलाई काममा लगाइएको भन्ने गोप्य सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाबाट अनुगमनका लागि खटिएको संयुक्त टोलीले १८ वर्षमुनिका आठ बालिकाहरूको उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार संयुक्त टोलीले पर्सल्यान स्पाबाट दुई, ताराहिल लज स्पा एन्ड ब्युटी केयरबाट दुई र इभेन्डर ब्युटी एन्ड स्पाबाट चार गरी आठजना बालिकाहरूको उद्धार…
Read More
श्रीलंका नेपालसंग ८-० गोलअन्तरले पराजित

श्रीलंका नेपालसंग ८-० गोलअन्तरले पराजित

काठमाडौं- एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गर्यो । नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।   गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्यो । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।   पहिलो खेलमा नेपालले लाओसलाई ९–०…
Read More
तीनवटा संसदीय समितिका बैठक आज बस्दै

तीनवटा संसदीय समितिका बैठक आज बस्दै

काठमाडौं- आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन्। प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन्। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ। सोही समयमा बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँदैछ। यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल आज नै हुँदैछ।
Read More
नेपालका बन्द चार उद्योग बिक्री गर्दैै सरकार

नेपालका बन्द चार उद्योग बिक्री गर्दैै सरकार

काठमाडौं - सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका चार सरकारी उद्योगको बिक्री प्रक्रिया अघि बढाएको छ । बिक्रीका लागि प्रक्रिया अघि बढाइएका उद्योगहरूमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट छन् । सरकारले यी सरकारी उद्योगको सम्पत्ति मूल्यांकन ९भ्यालुएसन०का लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । परामर्शदाता नियुक्तिपछि उद्योगको सम्पत्ति मूल्यांकन प्रक्रिया अघि बढाइने भएको छ । अर्थ मन्त्रालयले यी चार उद्योग बिक्रीका लागि आशयपत्रसमेत मागिसकेको छ । अर्थ मन्त्रालयका अनुसार सुरुमा जनकपुर चुरोट कारखानाको सम्पत्ति मूल्यांकनको आशयपत्र पेस गर्न भनिएको छ । यसका लागि २३ असारलाई तोकिएको छ । आशयपत्र पेस…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.