आज मितिः २०८३ आश्विन ७ गते

ब्रेकिङ न्यूज

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं- केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ। बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स ९एक्युआइ० को तथ्याङ्कले देखाएको छ। बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ। केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बिहीबार भएको वर्षाका कारण आज वायु प्रदूषण पनि कम भएको जानकारी दिए। ‘वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने र हावाले धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम…
Read More
आज प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना  

आज प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना  

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ।   कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।   राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल रहनेछ भने बाँकी भागमा आंशिक बादल रहनेछ। कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही…
Read More
समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न, कसको कति

समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न, कसको कति

काठमाडौं- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ।   पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए।     मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ।   यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय…
Read More
आज देशभर साधारणतया बादल लाग्ने

आज देशभर साधारणतया बादल लाग्ने

काठमाडौं- हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।   आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी…
Read More
मङ्गलबारसम्म आकाश नखुल्ने 

मङ्गलबारसम्म आकाश नखुल्ने 

काठमाडौं- देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ। मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए।     देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   ुयस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छु, मौसमविद् लामिछानेले भने।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी र गण्डकी प्रदेशका केही…
Read More
श्रम संस्कृति पार्टीले खोटाङबाट जीतको खाता खोल्यो

श्रम संस्कृति पार्टीले खोटाङबाट जीतको खाता खोल्यो

काठमाण्डौ - प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत खोटाङ-१ मा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन् ।   राई १६ हजार ६१२ मतसहित विजयी भएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए ।   राईका निकटतम प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् ।   श्रम संस्कृति पार्टीले खोटाङबाट जीतको खाता खोलेको छ ।
Read More
आज कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी र हिमाली क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना 

आज कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी र हिमाली क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना 

काठमाण्डौ - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भू(भागमा साधरणतया बादल लागेको छ र बाँकी भू(भागमा आंशिक बादल लागेको छ ।   आज दिउँसो देशको पहाडी र हिमाली भू(भागमा साधरणतया बादल लाग्ने अनुमान महाशाखाले गरेको छ । देशको बाँकी भू(भागमा आंशिक बादल लाग्ने छ ।   कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र…
Read More
रवि लामिछाने चितवनमा तेस्रो पटक विजयी

रवि लामिछाने चितवनमा तेस्रो पटक विजयी

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।   उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरी दोस्रो र  एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याई तेस्रो भएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो । यहाँ एमालेले कांग्रेसलाई मतदान गर्ने भने पछि केही मत गएको जानकारहरु बताउँछन् ।
Read More
गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका ९५ नेपाली काठमाण्डौ आइपुगे

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका ९५ नेपाली काठमाण्डौ आइपुगे

काठमाण्डौ -   अमेरिकाबाट निष्कासित भएका ९५ जना नेपाली शनिबार बिहान काठमाडौं आइपुगेका छन्। उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउने विमास्थल सुरक्षा कार्यालयको तयारी छ।     आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार उनीहरूको व्यक्तिगत विवरण संकलन गरेपश्चात् प्रहरीले परिवारको जिम्मा लगाउनेछ।   गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका नेपालीलाई त्यहाँको सुरक्षा निकायले पक्राउ गरी निष्कासन गरेको हो। डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका कैयौँ नेपाली निष्कासनमा परेका छन्।
Read More
बच्चाको न्वारनको दिन अनि राजधानीको पहिलो प्रतिनिधिसभा सदस्य बनेको अविस्मरणीय क्षण 

बच्चाको न्वारनको दिन अनि राजधानीको पहिलो प्रतिनिधिसभा सदस्य बनेको अविस्मरणीय क्षण 

काठमाडौं - बच्चा पेटमाहुँदा घरदैलो गर्दै हिँडेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् ।   हिजो सम्पन्न निर्वाचनमा उनले १५ हजार ४५५ मत पाएर जित हासिल गरिन् । ६ हजार ३६४ मत ल्याएका नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो र राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएर तेस्रो भए ।     २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएर राजनीतिमा जोडिएकी उनको आज पुत्रको न्वारन पनि हो ।     रञ्जु सुरुमा सडक आन्दोलनमा सक्रिय थिईन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.