आज मितिः २०८३ बैशाख १७ गते

मङ्गलबारसम्म आकाश नखुल्ने 

काठमाडौं-

देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ। मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए।

 

 

देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 

ुयस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छु, मौसमविद् लामिछानेले भने।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.