आज मितिः २०८३ बैशाख १० गते

आज कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी र हिमाली क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना 

काठमाण्डौ –

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भू(भागमा साधरणतया बादल लागेको छ र बाँकी भू(भागमा आंशिक बादल लागेको छ ।

 

आज दिउँसो देशको पहाडी र हिमाली भू(भागमा साधरणतया बादल लाग्ने अनुमान महाशाखाले गरेको छ । देशको बाँकी भू(भागमा आंशिक बादल लाग्ने छ ।

 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू(भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । तराई भू(भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ ।

 

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू(भागमा साधरणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ ।

 

कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग तथा कोशी प्रदेशको तराई भू(भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.