आज मितिः २०८३ आश्विन ४ गते

ब्रेकिङ न्यूज

स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा निर्विरोध निर्वाचित

स्वर्णिम वाग्ले रास्वपा उपसभापतिमा निर्विरोध निर्वाचित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन्। पुरुषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि अर्थमन्त्रीसमेत रहेका वाग्ले निर्विरोध भएका हुन्। श्रेष्ठ वाग्लेको प्रस्तावक बसेका छन्। पार्टी विधानअनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह–महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
Read More
रास्वपा प्रथम महाधिवेशनको मतदान सुरु

रास्वपा प्रथम महाधिवेशनको मतदान सुरु

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको मतदान सुरु भएको छ। गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी  चयनका लागि मतदान थालिएको थियो। आज दिउँसो १२:०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रमुख भुवन केसीका अनुसार हालसम्म करिव एकहजार ६०० भन्दा वढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका छन । पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ। एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन्। सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता हो। प्रमुख केसीका अनुसार…
Read More
मलेसिया र बेलारुस पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

मलेसिया र बेलारुस पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं-   वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिशाल बानिया, काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय रिजन खङी र ललितपुर सातदोबाटो बस्ने कैलाली घर भएका २३ वर्षीया प्रिन्सी शाह रहेका छन् ।   पक्राउ मध्ये बिशालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिजनले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८५ हजार रूपैयाँ र प्रिन्सीले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा…
Read More
कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास प्लान्ट विष्फोट हुँदा १३ जनाको मृत्यु

कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास प्लान्ट विष्फोट हुँदा १३ जनाको मृत्यु

काठमाण्डौ - कतारको औद्योगिक क्षेत्र रासलफानमा ग्यास विष्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतीय १२ जना र एक जना पाकिस्तानीले ज्यान गुमाएका बीबीसीले जनाएको छ । ६६ जना घाइते भएका छन् । त्यस क्षेत्रमा आइतबार राति विष्फोट हुँदा आगलागी भएको थियो । रासलफान क्षेत्रमा नेपाली, भारतीय, बङ्गलादेशी, केन्या, घानालगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन् । केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप विवरण खुल्न सकेको छैन । कतारका ऊर्जामन्त्री साद शेरिदा अल–काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनुभएको छ । दुर्घटनाको कारण…
Read More
माछा मार्ने क्रममा एक जनाको मृत्युु

माछा मार्ने क्रममा एक जनाको मृत्युु

काठमाण्डौ - करेण्ट लागेर रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु भएको छ। पश्चिम मुसिकोटस्थित मुग्लुखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएपछि उपचारका जिल्ला अस्पताल सल्लेमा ल्याइएकामा त्यहाँ निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए। घटनाको जानकारीपश्चात् जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक यामराज शर्माको नेतृत्वमा पाँच जनाको प्रहरी टोली खटिएको थियो। सुन्दरसँग माछा मार्न गएका उनका चार जना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए।
Read More
न्यूजील्याण्डलाई ३–१ ले हराउँदै इजिप्ट समुह जीको शिर्ष स्थानमा

न्यूजील्याण्डलाई ३–१ ले हराउँदै इजिप्ट समुह जीको शिर्ष स्थानमा

काठमाण्डौं- न्यूजील्याण्डलाई ३–१ ले हराउँदै इजिप्ट विश्वकप फुटबल २०२६ अन्तर्गत समुह जी को शिर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमा पछि परेको अवस्था उल्टाउँदै इजिप्टले दोस्रो हाफमा अगाडि भएको हो । इजिप्टका आक्रमणहरू तीव्र बने र लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारे । इजिप्टका लागि मोस्ताफा जिकोले बराबरी गोल गर्दै पुनरागमनको सुरुवात गरे । त्यसपछि स्टार खेलाडी मोहम्मद सलाहले महत्वपूर्ण गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । ट्रेजेग्यूटले ८२औं मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित गरे । अन्तिममा न्यूजिल्यान्डले फर्कने प्रयास गरे पनि इजिप्टका गोलकिपरको उत्कृष्ट बचाउले उनीहरूलाई रोक्यो । यो जितसँगै इजिप्ट समूह जी को शीर्ष…
Read More
रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र कार्यक्रम सुरु

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र कार्यक्रम सुरु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम सुरु भएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। बिहान १०ः०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र यसमाथि छलफल हुने र बिहान १०.४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ। यसैगरी बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ। सोपश्चात् दिउँसो निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी…
Read More
नेपाली होटल व्यवसायि संघको प्रेरणादायि कार्यक्रम सम्पन्न

नेपाली होटल व्यवसायि संघको प्रेरणादायि कार्यक्रम सम्पन्न

काठमाण्डौं- नेपाली होटल व्यवसायि संघ काठमाण्डौले विद्यार्थीहरुको लागि एकदिने प्रेरणादायि कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाण्डौको गोगबुमा नेपाली होटेल व्यवसायि संघमा आबद्ध सदस्यहरुको नानीबाबुहरुको लागि प्रेरणादायि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी प्रमुख प्रशिक्षक रहनु भएको थियो । प्रमुख प्रशिक्षक अधिकारीले विद्यार्थीहरुको लागि मोटीभेशन प्रशिक्षण दिनुहुदैं विद्यार्थीले जति अध्ययन गरे पनि वा डिग्रि गरे पनि आप्mनो संस्कारलाई विर्सन नहुने बताउनु भयो । उहाँले हरेक मानिसले सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्ने जानकारी दिनु भयो । त्यस्तै कार्यक्रममा नेपाली होटल व्यवसायि संघका अध्यक्ष गणेश ढकालले नानीबाबुहरुलाई जति अध्ययन गरे पनि नेपालमा नै बसेर…
Read More
युएईदेखि यूरोप र यूके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ७ जना पक्राउ

युएईदेखि यूरोप र यूके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने ७ जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने अर्घाखाँची घर भएका २८ वर्षीय सन्तोष अधिकारी, काठमाडौं महानगरपालिका-३ बस्ने दाङ घर भएका २९ वर्षीय हेमन्त केसी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सुनसरी घर भएका ४२ वर्षीय सुक देव राई, सोही नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३४ वर्षीय मनिष पोदार, काठमाडौं महानगरपालिका-१६ बस्ने रूपन्देही घर भएका ४७ वर्षीय राम रतन मिश्र, काठमाडौं टोखा बस्ने कास्की घर भएका ३९ वर्षीय अमृत अधिकारी र काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३५ वर्षीय मिर इसलामाना रहेका छन्…
Read More
राष्ट्रिय परिचयपत्र व्यक्तिले नै कसरी डाउलोड गर्ने र?

राष्ट्रिय परिचयपत्र व्यक्तिले नै कसरी डाउलोड गर्ने र?

काठमाडौँ- सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले बिहीबार देखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो ।   विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेभसाइट जततउकस्ररअष्तष्शभलउयचतब।िमयलष्मअच।नयख।लउरलभ मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ ।   सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख गरे अनुसार सुरु गरेको हो।   राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम ९नेपाली वा अङ्ग्रेजी०, जन्ममिति र नागरिकता जारी मिति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.