आज मितिः २०८३ बैशाख ९ गते

ब्रेकिङ न्यूज

मतदाता नामावली दर्ताको अवधि थप

मतदाता नामावली दर्ताको अवधि थप

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।     आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ।   आयोगले यही कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय निर्धारण गरेको थियो। प्रधानमन्त्री कार्कीको आग्रहपछि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पाँच दिन थप्न सकारात्मक रहेको जवाफ दिएका छन्।   राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि ‘अनलाइन’बाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ। यसैबीप्रधानमन्त्री कार्कीले ‘इन्टरनेट सर्भर’मा देखिएको समस्याका…
Read More
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको नयाँ कार्यकालका लागि पद हस्तान्तरण

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको नयाँ कार्यकालका लागि पद हस्तान्तरण

  चितवन, कार्तिक २६ चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको २०८२–८४ कार्यकालका लागि नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ। अध्यक्ष लाल बहादुर भट्टसहित सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरियो। कार्यक्रममा २०८०–८२ कार्यकालका पदाधिकारीहरूले आफ्नो कार्यकालको समापन सन्देश दिँदै सल्लाहकार, कार्यालय सचिव, आजीवन सदस्य, राष्ट्रिय समन्वय समितिका देशगत प्रतिनिधिहरू, शाखा समितिहरू तथा देश -विदेशबाट हरेक तरिकाले साथ, सहयोग र मार्गदर्शन गर्ने सम्पूर्ण सहयोगीप्रति हार्दिक धन्यवाद व्यक्त गरे। साथै प्रवाशि बहुउद्देश्यीय सहकारी बचत तथा ऋण सहकारी संस्थाले पनि नयाँ कार्यसमितिलाई स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो । पद हस्तान्तरण कार्यक्रमले संस्थागत निरन्तरता, नेतृत्वको सम्मान र सहकार्यको संस्कृतिलाई अझ…
Read More
परराष्ट्रमा हाजिर गर्नेगरी बोलाइएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

परराष्ट्रमा हाजिर गर्नेगरी बोलाइएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

काठमाडौं - सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर गर्नेगरी बोलाएका ११ राजदूतमध्ये चारजनाले राजीनामा दिएका छन् । उनीहरूले परराष्ट्र मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।       स्रोतका अनुसार, बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, चीनका लागि राजदूत कृष्णप्रसाद ओली, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल र अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मीले पदबाट राजीनाम दिएका हुन् ।   परराष्ट्र मन्त्रीको हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले कात्तिक १७ गते ११ देशका नेपाली राजदूतलाई कात्तिक २० गतेभित्र परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरी बोलाउने निर्णय गरेकी थिइन् ।   प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयमा रही काम गर्नेगरी बोलाएका राजदूतहरूमा कृष्णप्रसाद ओली ९चीन०, शाहिल रुपाखेती ९जर्मनी०, दुर्गाबहादुर सुवेदी…
Read More
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौँ-   सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्दै उनको ठाउँमा राजनीतिक विश्लेषक सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रदेश प्रमुख सम्बन्धित प्रदेशमा संघीय सरकारको प्रतिनिधिका रूपमा काम गर्छन्। विवादपछि पदमुक्त भण्डारीको बर्खास्ती आइतबार सार्वजनिक विवादसँग जोडिएको छ। आइतबार कांग्रेससहित सात दलले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि भण्डारीलाई खबरदारी गरेका थिए।   तर त्यसैदिन अस्वस्थताको कारण जनकपुरबाट काठमाडौँ प्रस्थान गरेको बताउँदै उनी निवासबाट निस्किएकी थिइन्। काठमाडौँ जान लागेको जानकारी…
Read More
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको नयाँ कार्य समितिको अध्यक्षमा लाल भट्ट

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको नयाँ कार्य समितिको अध्यक्षमा लाल भट्ट

चितवन- चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा लाल भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको छैठौं विश्व सम्मेलन तथा बाह्रौं साधारण सभाले २०८२–८४ कार्यकालका लागि भट्टको अध्यक्षतामा ११ जना नयाँ कार्यसमिति चयन गरेको हो। नव–निर्वाचित कार्यसमितिमा इश्वर राज अधिकारी तथा सीता अधिकारी उपाध्यक्ष, मित्रलाल पाण्डे महासचिव, अर्जुन अधिकारी सचिव र राम बहादुर भट्टराई कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो।   कार्यसमिति सदस्यहरूमा अन्जु ढकाल, लिला पौडेल न्यौपाने, लक्ष्मण पौडेल, काशीराम कँडेल र मोहन खड्का रहनुभएको छ। यस्तै उप–समितिहरूमा महानगर संयोजकम इन्दिरा पौडेल मरहठ्ठा , रवीलाल भट्टलाई मिडिया को–अर्डिनेटर तथा विजय अर्याल लेखा समिति संयोजक चुनिएका छन्। निवर्तमान अध्यक्ष दीपक गौतम “लंकूखोले”…
Read More
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्नु प्रधानमन्त्री कार्की

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्नु प्रधानमन्त्री कार्की

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन्।     प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन्।   उनले भिडियो सन्देश जारी गर्दै भनेकी छन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ।’   प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने समेत बताएकी छन्।…
Read More
दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा जोयलूकस एक्सचेन्ज

दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा जोयलूकस एक्सचेन्ज

यूएई । दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा जोयलूकस एक्सचेन्ज यूएई रहने भएको छ ।   धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा र यूएई नेपाली फुटबल संघको संयोजनामा हरेक वर्ष आयोजना हुने धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकका रूपमा जोयलूकस रहने भएको हो।   संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ र जोयलूकसका जनरल म्यानेजर मरिश कर्णबीच आज सम्झौता भएको हो।   यूएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये जोयलूकस धरान हेल्पिङ ह्याण्ड्स कप -२०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) दुल्स्को भिलेज दुबईमा आयोजना हुने भएको छ।   करीब १८ नेपाली क्लबहरूबीच हुने यो प्रतियोगिता यूएईमा रहेका नेपाली समुदायबीचका…
Read More
खैरहनीका रामेश्वरको दुवै मृगौला फेल, आर्थिक सहयोगका लागि अपिल

खैरहनीका रामेश्वरको दुवै मृगौला फेल, आर्थिक सहयोगका लागि अपिल

२० कार्तिक, खैरहनी – खैरहनी नगरपालिका वडा नं. ४, मेलमिलाप टोल, चैनपुर बस्ने ४१ वर्षीय रामेश्वर परियार विगत पाँच वर्षदेखि दुवै मृगौलाको समस्या भएपछि उपचाररत छन्। आफूसँग भएको पैसाले दुई वर्ष डाइलासिस गर्न सकेपनि त्यसपछि निरन्तर तीन वर्ष हप्तामा तीन पटक सरसापटमा डाइलासिस गर्नुपरेको उनी बताउँछन्। रामेश्वरसँग दुई सानै छोराछोरी छन् , छोरी कक्षा १ र एक छोरा कक्षा ४ मा अध्ययनरत भएकोले परिवारको भविष्यसँगै आफ्नो जीवन बचाउन उनले आर्थिक सहयोगको अपिल गरेका छन्। पाँच वर्षदेखि मृगौला पिडित भएर उपचार गरिरहे पनि स्थानीय निकायले बेवास्ता गरेको, कागजपत्रका लागि नगरपालिकाको कार्यालय गएका बेला स्थानिय प्रमुखसँग माग राख्दा सरकार प्रमुखले बेवास्ता गरेको…
Read More
पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं- हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
Read More
रुन्चे गायक प्रकाश पौडेलकोु,’बुढा बुढी’को म्युजिक भिडियो  शुक्रबार सार्वजनिक हुँदै

रुन्चे गायक प्रकाश पौडेलकोु,’बुढा बुढी’को म्युजिक भिडियो  शुक्रबार सार्वजनिक हुँदै

दुबई- चर्चित गीत ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ बोलको गीतका सर्जक तथा गायक प्रकाश पौडेलको नयाँ भिडियो आगामी शुक्रबार सार्वजनिक हुँदैछ। पौडेलको रमाइलो जनराको गीत ‘बुढा बुढी’को म्युजिक भिडियो आउँदो शुक्रबार सार्वजनिक हुने भएको हो । उनको पहिलो एल्बम थ्रि मच देखि अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ गीतका अतिरिक्त ‘कसैलाई नभन्नु ल, कानेखुसी, डक्टर साब भिटामिन लेख्दिनु, घाँस काट्ने खुर्केर, हास्ने गीत हाहाहा, सलाम वालेकुम, भुडेंभुडी, भोली छुट्टी’ लगायतका चर्चित एवं लोकप्रिय गीत गाएका छन्। यी गीतहरू नेपाल, खाडी र मलेसियामा बढी चलेको पाइन्छ । पछिल्लो समय चर्चित ज्योतिषीको समेत परिचय बनाएका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.