काठमाण्डौ –
फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानडालाई हराउँदै मोरक्को अन्तिम आठमा पुगेका छन् ।
आइतवार बिहान भएको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेलाई १ गोलले हरायो । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै निर्णायक बन्यो । १८औँ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौँ पटक क्वार्टरफाइनलमा पुगेको हो ।
त्यस्तै राति भएको खेलमा क्यानडालाई ३ गोलले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोका अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे ।