आज मितिः २०८३ असार २२ गते

इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाण्डौ –

 

मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ र कप्तान ह्यारी केनले १ गोल गरे ।

 

इंग्ल्यान्डले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरे । दोस्रो हाफमा दुवैले थप १–१ गोल गरेका हुन् । ५४औँ मिनेटमा जारेल क्वान्साह रातो कार्ड खाएर बाहिरिएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित थियो ।

 

घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । यसअघि अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ । खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला शुरु भएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.