आज मितिः २०८३ असार २० गते

फिफा विश्वकप फुटबलअन्तिम–१६ को समीकरण पूरा

काठमाण्डौ –

फिफा विश्वकप फुटबल अन्तिम–१६ को समीकरण पूरा भएको छ।

 

नक आउट चरणको अन्तिम खेलमा घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम–१६ को समीकरण पूरा भएको हो ।

 

जर्मनी, क्रोएसिया, नेदरल्यान्ड्स, जापान, सेनेगल, नवप्रवेशी केब भर्डेजस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन् ।

 

अब प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन् ।

 

प्रि–क्वाटरफाइनलको पहिलो खेलमा आजराति नेपाली समयअनुसार पौने ११ बजे घरेलु टोली क्यानडा र मोरक्को तथा भोलि बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच खेल हुनेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.