आज मितिः २०८३ बैशाख ८ गते

ब्रेकिङ न्यूज

हत्या अभियोगमा फरार भएका चार जना पक्राउ

हत्या अभियोगमा फरार भएका चार जना पक्राउ

काठमाडौं- भोजपुरका २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरीका अनुसार सोही नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो। तामाङलाई कुटपिट गरेर उनीहरूले मारेको सूचना स्थानीयले दिएपछि प्रहरी चौकी बोयाँबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।
Read More
पाटनमा दुई दाजुभाइको छुरा प्रहारबाट हत्या

पाटनमा दुई दाजुभाइको छुरा प्रहारबाट हत्या

काठमाडौं- पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ। स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको मृत्यु भएको हो। ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो। नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका–९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई पक्राउ गरिएको छ।
Read More
उपचारका लागि हङकङ रहेका पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजुविरुद्ध पक्राउ पुर्जी

उपचारका लागि हङकङ रहेका पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजुविरुद्ध पक्राउ पुर्जी

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएपछि अनुसन्धानका लागि देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ। हाल उपचारका लागि हङकङमा रहेका उनीहरूमाथि सम्पत्तिको स्रोतबारे छानबिन अघि बढाइएको हो। जेन–जी आन्दोलनका क्रममा देउवानिवासमा भएको आगजनी र तोडफोडपछि ठुलो रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो। उक्त रकमको स्रोत र संकलन प्रक्रियाबारे प्रश्न उठेपछि केही समयदेखि छानबिनको माग बढ्दै आएको थियो।
Read More
एनआरएनए वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा उपाध्यक्ष न्यौपाने नियुक्त

एनआरएनए वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा उपाध्यक्ष न्यौपाने नियुक्त

काठमाडौं- गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपाने वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा नियुक्त हुनुभएको छ। संघको ११४औँ आईसीसी बैठकले उनलाई २०२५–२०२७ कार्यकालका लागि टास्कफोर्सको संयोजकमा नियुक्त गरेको हो । यस फोर्सले प्रवासी नेपाली श्रमिकको हकहित र सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेर्दछ। संघले न्यौपानेलाई वैदेशिक रोजगारसँग सम्बन्धित नीतिगत सुधार, श्रमिक अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय समन्वयलाई प्रभावकारी बनाउने जिम्मेवारी दिएको छ। यसका लागि उनले विस्तृत कार्ययोजना तयार पार्ने, दक्ष र अनुभवसंपन्न सदस्यहरू समेटेर टोली गठन गर्ने तथा विभिन्न गन्तव्य मुलुकका निकाय र नेपाली कूटनीतिक नियोगहरूसँग सहकार्य गर्दै परिणाममुखी काम अघि बढाउने बताए । जिम्मेवारी सम्हाल्दै न्यौपानेले प्रवासमा रहेका…
Read More
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको सामूहिक भेट

आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको सामूहिक भेट

काठमाडौं-   प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दैछन्। भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ। परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै छन्। परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ।
Read More
एनआरएनए उपाध्यक्ष जुनु गुरुङ आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजक

एनआरएनए उपाध्यक्ष जुनु गुरुङ आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजक

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसि) को उपाध्यक्ष रहनु भएकी जुनु गुरुङले आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी पाउनु भएको छ। आईसिसिको बैठकले उपाध्यक्ष समेत रहनु भएकी जुनु गुरुङलाई आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी दिएको हो । आफूले जिम्मेवारी पाए लगतै गुरङले अत्यन्त गर्वान्वित तथा जिम्मेवारीप्रति सचेत बनेको बताउनु भयो। उहाँका अनुसार विश्वभर फैलिएका लाखौँ नेपाली श्रमिकहरूको जीवन मानसिक रूपमा चुनौतीपूर्ण बन्दै गएको छ। प्रवासमा रहेका धेरै नेपालीहरू मानसिक तनाव, डिप्रेसन, एन्जाइटी, कार्यदबाब तथा सामाजिक समस्याबाट प्रभावित भइरहेका छन्। कामको चाप, पारिवारिक दूरी र कहिलेकाहीँ भोग्नुपरेका अपमानजनक व्यवहारका कारण उनीहरू मानसिक रूपमा कमजोर अवस्थामा…
Read More
क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न रत्ननगर चितवनका एकसहीत चार जना पक्राउ

क्रिप्टोकरेन्सी र हुण्डी कारोबारमा संलग्न रत्ननगर चितवनका एकसहीत चार जना पक्राउ

काठमाण्डौं- क्रिप्टोकरेन्सी तथा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चितवन रत्ननगरका एकसहीत चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाको आधारमा काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा चितवन रत्ननगर–२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय सवन अधिकारी, काठमाडौं तारकेश्वर–८ का २५ वर्षीय आशिष अधिकारी, चितवन भरतपुर–८ घर भई काठमाडौं बस्ने ३२ वर्षीय रविन जि।आर। तथा ललितपुर महालक्ष्मी–४ का ३७ वर्षीय अनित्य शाक्य रहेका छन् । प्रहरीका अनुसार उनीहरूले नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत हुण्डी तथा क्रिप्टोकरेन्सी प्रयोग गरी अवैध वित्तीय कारोबार गर्दै आएका थिए । उनीहरूलाई नगद ३० लाख रुपैयाँसहित…
Read More
काभ्रेको रोशी खोलामा गृहमन्त्री गुरुङले स्थलगत निरीक्षण गर्ने

काभ्रेको रोशी खोलामा गृहमन्त्री गुरुङले स्थलगत निरीक्षण गर्ने

काठमाडौं- काभ्रेको रोशी खोलामा गृहमन्त्री सुधन गुरुङ स्थलगत निरीक्षण गर्न जाने भएका छन् । गृहमन्त्री गुरुङ आज आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका हुन् ।   हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविकस्थिति अध्ययन गर्ने छन् ।   बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने अपेक्षा गरिएको छ ।    
Read More
सार्वजनिक विदाको दिन भए पनि एक्सप्रेस वे मार्फत सेवा दिइने

सार्वजनिक विदाको दिन भए पनि एक्सप्रेस वे मार्फत सेवा दिइने

काठमाडौं- सार्वजनिक विदाको दिन परे पनि हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ। हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिए। “हुलाक वस्तु द्रुतमार्गबाट जाँदा बढी सुरक्षित र भरपर्दो हुन्छ। हामीले यसका लागि लामो समयदेखि प्रयास गरिरहेका थियौँ। पछिल्लो समय मन्त्रालयबाट पनि चासो र निर्देशन आएपछि यो कार्यान्वयन प्रक्रिया अघि बढेको हो”, उनले भने। महानिर्देशक पङ्गेनीका अनुसार अब हुलाक कुरियरका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेडिकेटेड’ जाँचपास प्रणाली बनाइनेछ।…
Read More
बढ्दो छ कुष्ठरोगको संक्रमण, चितवनमा १८ जनामा

बढ्दो छ कुष्ठरोगको संक्रमण, चितवनमा १८ जनामा

चितवन- चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको सङ्क्रमण भएको पाइएको छ। अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा यस रोगको सङ्क्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकाका १३ जनामा कुष्ठ रोग देखिएको हो। यस्तै कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा यो रोगको सङ्क्रमण देखिएको हो। यसमध्ये १० जना पुरुष र आठ जना महिला छन्। गत आर्थिक वर्षमा ४३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो। यसमध्ये २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका थिए। क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेपेर नामक सुक्ष्म किटाणुबाट लाग्ने सरुवा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.