आज मितिः २०८३ बैशाख ८ गते

ब्रेकिङ न्यूज

बरहथवा सडकमा टायर बालेर बजार र यातायात बन्द

बरहथवा सडकमा टायर बालेर बजार र यातायात बन्द

सर्लाही - प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्तले बजार र यातायात बन्द गराएका छन्। उनीहरुले सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन्। प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने-नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि शुक्रबार प्रहरीले गोली चलाएको थियो। गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भएको हो। साहको शव अझै घटनास्थलमै छ। पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन्। शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवारलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले…
Read More
गैंडाको आक्रमणबाट ६० वर्षीय पूर्ण बहादुरको मृत्यु

गैंडाको आक्रमणबाट ६० वर्षीय पूर्ण बहादुरको मृत्यु

चितवन- भरतपुर महानगरपालिका–२३ मा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैंडाले आक्रमण गर्दा घैलाघारीका ६० वर्षीय पूर्ण बहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । घैलाघारी सामुदायिक वनभित्र बोटेको लास भेटिएको हो ।  
Read More
सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले कर्फ्यु आदेश जारी गरेका हुन्। बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोधप्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ। बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति…
Read More
चितवनको नेपाल मावि टॉडीका प्रधानाध्यापक सुवेदीको सरुवा खारेज

चितवनको नेपाल मावि टॉडीका प्रधानाध्यापक सुवेदीको सरुवा खारेज

चितवन - उच्च अदालत हेटौडाले नेपाल माध्यमिक विद्यालय टॉडीका प्रधानाध्यापक बुद्विराज सुवेदीको सरुवा कानुन वमोजीम नभएको भन्दै खारेज गरिदिएको छ । अदालतले विहीबार सुवेदीको पक्षमा निर्णय गर्दै सुवेदीलाई नेपाल मावीमै प्रधानाध्यापकका रुपमा कार्य गर्न दिन रत्ननगर नगरपालिकालाई आदेश दिएको छ । नेपाल मावीमा प्रधानाध्यापक पदमा कार्यरत निवेदक बुद्विराज सुवेदीलाइ अर्को विद्यालय मोहना माविमा सरुवा गर्ने प्रयोजनका लागि गरिएको भदौ ६ गतेको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन समितिको निर्णय भदौ १३ गतेको कामकाजमा खटाइएको भन्ने रत्ननगर नगरपालिकाको शिक्षा समितिको निर्णय कानून बमोजिमको नदेखिंदा उक्त निर्णयहरु निवेदक बुद्विराज सुवेदीका हकमा उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ आदेशमा लेखिएको छ । अव रत्ननगर नगरपालिकाले…
Read More
मलेसियामा सम्पर्क विहिनर्लाई खोजि गर्न नेपाली जनसम्पर्क समितिको आग्रह

मलेसियामा सम्पर्क विहिनर्लाई खोजि गर्न नेपाली जनसम्पर्क समितिको आग्रह

काठमाण्डौं- बिगत लामो समय देखि रोजगारीको शिलसिलामा मलेसिया गएका दुई युवाको खोजि कार्य गर्न नेपाली जनसम्पर्क समिति मलेसियाले सबैलाई आग्रह गरेको छ । धादिङ्ग घर भएका बिनोद पाण्डे र भोजपुरका शक्ति राज गेलाललाई खोजि गर्न सम्पर्क समितिका सभापति चोलाकान्त पंगेनीले सामाजिक सँञ्जाल मार्फत आग्रह गर्नु भएको हो । पंगेनीले यति खेर परिवार बिचमा सम्पर्क बिहिन भएका र उनिहरुलाई खोजि कार्य गर्न नेपालबाट परिवारका सदस्य र नेपाली काङ्ग्रेस महामन्त्री बिश्व प्रकाश शर्माले नेपाली जनसम्पर्क समिति मलेसियालाई पत्रचार गर्नु भएको उल्लेख गर्नु भएको छ । साथै धादिङ्ग घर भएका बिनोद पाण्डेलाई खोजी गरिदिन घरपरिवार र नेपाली काङ्ग्रेस धादिङ्गका जिल्ला सभापती रमेश धमला…
Read More
चितवनमा फेरी ध्रुवे हात्ती आतँक

चितवनमा फेरी ध्रुवे हात्ती आतँक

चितवन- चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ। ध्रुवे हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका(२३ वयरघारी क्षेत्रमा चारवटा घर भत्काई दिएको छ। हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ। रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए। हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले बताए। हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्ने मानिसलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। ध्रुबे हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो।उनले भने,‘अन्य हात्ती शान्त भए पनि यो…
Read More
आज केही स्थानमा हिमपातको संभावना

आज केही स्थानमा हिमपातको संभावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागमा मौसम सामान्यतया सफा जनाएको हो। महाशाखाले हाल तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जानकारी दिँदै महाशाखाले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ।  
Read More
जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

काठमाडौँ - नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ ।   प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताउनुभयो । फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो । रासस  
Read More
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं- सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४।७ म्याग्‍निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०स्१७ बजे भूकम्प गएको हो। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको महसुस काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा पनि भएको थियो।  
Read More
तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

काठमाण्डौं- तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस बिहीबार बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ। बसचालक कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठ सहित अन्य यात्रु रहेको प्रहरीले जनाएको छ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.