आज मितिः २०८३ बैशाख ९ गते

मालपोत कार्यालयमा आगलागी

सुर्खेत-

सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको स्टोर रुममा आगलागी भएको हो ।

 

आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टीलको २५ कुर्सी, दुई वटा स्टीलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।
एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.