आज मितिः २०८३ बैशाख ८ गते

ब्रेकिङ न्यूज

वाणिज्य बैंकहरूले ब्याजदर घटाए

वाणिज्य बैंकहरूले ब्याजदर घटाए

काठमाडौं - वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो ।   सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अधयक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ । एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो । एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो । सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । एभरेष्ट बैंकले पनि पुस महिनाकै ब्याजदर यथावत राखेको छ । पछिल्लो समय हरेक महिना जसो…
Read More
उपत्यकामा माघे संक्रान्तिदेखि मेलम्चीको पानी धारामा

उपत्यकामा माघे संक्रान्तिदेखि मेलम्चीको पानी धारामा

काठमाडौं-   मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले माघ १ गतेदेखि धारामा पाउने भएका छन्। मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो। मेलम्चीको पानी पुनर्वितरणको प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले पानी पुनर्वितरणको शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। पहिलो दिन अनामनगर र मीनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ। त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ। बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो। आयोजना निर्माण सुरु…
Read More
मौलाकाली केवलकारको सातौं वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी

मौलाकाली केवलकारको सातौं वार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी

  चितवन - मौलाकाली केवलकारले छिट्टै नै सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको छ । गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो । नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो । शुरुवातदेखि हालसम्म २…
Read More
दुबईमा पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईयो

दुबईमा पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईयो

दुबई- दुबईमा प्रवासी नेपाली एकता समाजले पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । समाजले शुक्रबार दुबईको काठमाण्डौं प्यालेस रेष्टुरेण्टमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, व्यवसायि, बुद्धिजिवी, संचारकर्मी लगायतको उपस्थितिमा जन्मजयन्ती मनाएको हो । बैष्णम परिषद युएइका सम्पत कुमार न्यौपाने तथा प्रदिप दाहालले स्वस्तिक वाचन गरि पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण तथा द्धीप प्रज्वलन गरिएको थियो । प्रवासी नेपाली एकता समाजका अध्यक्ष निराजन खत्रीले तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेको बताए । कार्यक्रममा कमल प्रसाद गौतमले उपस्थिति सबैलाई स्वागत मन्तव्य राखेका थिए । राम…
Read More
सहकारी हिनामिनामा १९ जना दोषी ठहर

सहकारी हिनामिनामा १९ जना दोषी ठहर

खजुरा- बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्। अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, ५० हजारसम्म जरिवाना गर्ने बिहीबार फैसला गरेको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए। उनका अनुसार अदालतले साबिकको मुलुकी ऐन ठगीको महलका साथै मुलुकी अपराधसंहिता २०७४ बमोजिम अभियुक्तहरुबाट बिगो भराउने, जरिवाना गर्ने र कैद सजाय गर्ने आदेश गरेको छ। अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख बिगो…
Read More
आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं- आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिनेछ। साथै पृथ्वी जयन्तीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबीसे राज्यलाई एकीकृत गरेका थिए। विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए। उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने लगायत दिव्योपदेश आज…
Read More
सुस्मा बराइली संखुवासभा आइडलको १५ मा

सुस्मा बराइली संखुवासभा आइडलको १५ मा

युवराज रसाईली / धनकुटा सुस्मा बराइली संखुवासभा आइडलको राउन्ड १५ मा उक्लिन सफल भएकीछिन् । १५औं राउन्डको लागि अडिसन संखुवासभाको गोला बजारमा सुरु भएको हो । संखुवासभा आइडलमा भोट र निर्णायकहरुको भन्दा पनि पब्लिक सपोर्टको पकड जम्दै गएको छ। विभिन्न सामाजिक सन्जाल र कलाकारले पनि सुस्मालाई साथ दिएका छन् । उनलाई अहिलेबाट नै काठमाडौंमा गीत रेकर्डिङको बोलावट आएको जनाएकि छिन् । आवाजकी धनि उनिले साथ दिने समस्त सङ्गीत प्रेमी दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेकि छन् । उनले ईसेवा मार्फत सबैसंग भोटको अपिल गरेकिछन् ।
Read More
रेवान सौराहाको अध्यक्षमा गिरी, महासचिवमा नेपाल चयन

रेवान सौराहाको अध्यक्षमा गिरी, महासचिवमा नेपाल चयन

चितवन- रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान० सौराहाको अध्यक्षमा ध्रुव गिरी र महासचिवमा नवीन नेपाल,चयन भएका छन् । १७औं बार्षिक साधारण सभा नवौं अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा सम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नवीन नेपाल, सचिव कुमार जोशी, कोषाध्यमा कृष्ण प्रसाद खतिवडा, सह कोषाध्क्ष अम्विका भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, धर्मराज न्यौपाने, रामकुमार गुरौ, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चौधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन भएका छन् । लेखा समिति संयोजकमा रोजनाथ पाठक र सदस्यहरुमा शालिकराम रिजाल, देविलाल…
Read More
कञ्चनपुरमा वडाध्यक्ष खड्का मृत भेटिए

कञ्चनपुरमा वडाध्यक्ष खड्का मृत भेटिए

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाकामा वडाध्यक्ष मृत फेला परेका छन्। भीमदत्त नगरपालिका(६ का वडाध्यक्ष महेन्द्र खड्का आज बिहान मृत अवस्थामा भेटिएका हुन्। उनीसँगै म १ प ४८५२ नम्बरको मोटरसाइकल पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ा वडाध्यक्ष खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान छ।  
Read More
सन्दीप लामिछानेको पेसी आज

सन्दीप लामिछानेको पेसी आज

काठमाडौं- बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ। पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ। अदालतले पीडित किशोरी गौशाला २६ को उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ। तर, पीडित बालिग भए पनि जबरजस्ती करणी भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो। लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९१,२ र ३०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.