आज मितिः २०८३ बैशाख ९ गते

स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो-उप प्रमुख चित्रसेन अधिकारी

आशिष अधिकारी / भरतपुर-

 

भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताउनु भएको छ ।

भरतपुर २९ जुगेडी स्थित कविलास स्वास्थ्य चौकिको बुधबार भवन शिलन्यास गर्नुहुदै नगर उप प्रमुख अधिकारीले सबै नागरिकलाई स्वस्थ्य भएर बाच्नपाउनु पर्ने अधिकारको प्रबन्ध सबिधानले गरेको प्रष्ट पार्नुभयो ।

भरतपुर २९ ग्रामीण भेगका आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गराउने उदेश्यले भरतपुर महानगरपालिकाले कविलासमा स्वास्थ्य चौकि निर्माण गर्ने तयारी गरेको हो ।

सघिय सरकारको ३८ लाख लगानीमा उक्त स्वास्थ्य चौकी निर्माण हुनेछ । भरतपुर २९ मा स्वास्थ्य चौकी निर्माण भएपछि त्यस क्षेत्रका झण्डै ४ हजार नागरिकहरु प्रत्यक्ष स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन् । भरतपुर महानगरका सबै स्वास्थ्य चौकीले आफ्नै भवनबाट नागरिकहरुलाइ विभिन्न सेवा तथा सुबिधा प्रदान गर्दै आइरहेका छन् ।

जनस्वास्थ्य प्रबर्द्धन शाखाका अधिकृत दिपक सुवेदीका अनुसार भरतपुर महानगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौकी,आधारभुत स्वास्थ्य केन्द्र र क्लिनिक गरि ४० वटा सन्चालनमा रहेका छन् ।

भरतपुर महानगरले १५ शय्याको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को सङ्ख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.