काठमाण्डौं-
वि.सं.२०५० जेठ १ गते स्थापना भएको हेड्स नेपालको सप्ताहाव्यापि कार्यक्रम आजबाट शुरु भएको छ ।
आज जेठ १ गते विचारशाला, अन्तरक्रिया कार्यक्रम सामुदायिक संघको कार्यालय बनस्थलीमा रामकृष्ण शर्माको नेतृत्वमा हुदैछ । त्यस्तै आज नै शुभकामना आदानप्रदान तथा बेलुकि हेड्स नेपालको प्राङ्गण, शिवालय मन्दिरमा
दीप प्रज्ज्वलनको कार्यक्रम अध्यक्ष र महासचिवको नेतृत्वमा रहने हेड्स नेपालका संस्थापक प्रमुख प्रतापराज वन्तले जानकारी दिनुभयो ।
जेठ २ गते बिरामीलाइ फलफूल वितरण जेष्ठ नागरिक वा बाल कक्षमा दुर्गा मानन्धरको नेतृत्वमा रहेको छ ।
त्यस्तै जेठ ३ गते हेड्स नेपाल विगतका समीक्षा र अवको मार्गचित्रबारे राधेकृष्ण बचत तथा सहकारीको कार्यालय बनस्थलीचोकमा विहान अन्तरक्रिया कार्यक्रम प्रमुख संस्थापक प्रतापराज वन्तको नेतृत्वमा रहनेछ ।
जेठ ४ गते जेम्स स्कूल खरिबोट दिउँसो इ.इश्वर चन्द्र बानियाँ र रामकृष्ण शर्माको अगुवाईमा बक्तृत्वकला प्रतियोगिता रहने छ । भने अन्तिम दिन जेठ ५ र ६ गतेः वनभोज तथा ग्रामीण पर्यटन प्रवर्धन कार्यक्रम रहेको छ । जसमा श्रोतकेन्द्र बगुवा गोरखा, गोरखकाली मन्दिर, लिगलिगकोट अवलोकन भ्रमण हुनेछ ।
५ गते बिहान ५ बजे बसपार्कबाट यात्रा सुरू हुने संयोजक सन्तमान श्रेष्ठले बताउनु भयो ।
हेड्स नेपालको सप्ताहव्यापी कार्यक्रमको आकर्षण अवलोकन भम्रणको साथै केन्द्रीय, जिल्ला, प्रदेश तथा स्थानीय समिति र समुदायको सहभागितामा स्रोत केन्द्र बगुवामा हुने वनभोज तथा अन्तरक्रिर्या कार्यक्रममा सहभागि हुन इच्छुक हेड्सकर्मि मित्रहरूमा सो भ्रमण कार्यक्रमबारे दैनिक जानकारी दिईएको प्रमुख संस्थापक वन्तले बताउनु भयो ।
विस्तृत जानकारीको लागि संयोजक सन्तमान श्रेष्ठ ९८५६०२५१५५, कार्यालय सम्पर्क रूकु राना ०१४९५२२४६ तथा अध्यक्षः दिलीप देवकोटालाई ९८४६०८८२२५ मा सम्पर्क गर्न सकिने छ ।