आज मितिः २०८३ बैशाख ९ गते

उच्च अदालतको फैसलापछि सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको निर्णय

काठमाडौँ-

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी २० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको हो ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले समर्थकसामु अझै देशलाई अगाडि बढाउने प्रतिक्रिया दिएका छन् ।

फैसलापछि समर्थकहरुले नाराबाजी गर्दै सन्दीपको खुशीयाली मनाएका थिए । उनले सन्दीपलाई प्रतिक्रिया दिन भनेपछि सन्दीपले भने–‘देशलाई जहाँसम्म पुर्‍याएको थिए, अब अझै अगाडि पुर्‍याउने छु ।

 

यस्तै सन्दीपले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । उनले अहिलेसम्म फसाएर दोषी करार गरिएको भन्दै यो लडाईमा साथ दिने सबैमा धन्यवाद दिए ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.