नेपाल र श्रीलंकाले अंक बाड्यो , नेपालको सुपर ८ मा पुग्ने सम्भावना कायमै श्रीलंका बाहिरियो , भिडियो सहित
अमेरिका – आईसीसी टी २० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशालामा हुने भनिएको टि २० वोर्ल्ड कपको २३ औ खेल वर्षाको कारण रद्ध हुन पुग्दा नेपाल र श्रीलंकाले १-१ अंक बाडेको हो । बिहानै देखि भएको वर्षा बेलुकी ७:४५ मा रोकिएता पनि ८:15 बजेदेखि फेरि वर्षा भएको थियो। मैदानको मुख्य पिच छोपीए पनि आउटफिल्डमा पानी जमेको कारण खेल हुन सकेन । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ। खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा आइपुगेका हजारौं दर्शकका…