आज मितिः २०८३ आश्विन १२ गते

ब्रेकिङ न्यूज

फेरी निगमले बढायो पेट्रोलीयम पदार्थको मूल्य

फेरी निगमले बढायो पेट्रोलीयम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरी बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो ।   निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ ले बढेर आएको छ । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४।५० रुपैयाँ र डिजेलको मूल्य १५४.५० रुपैयाँ कायम भएको छ ।      
Read More
रास्वपाबाट छानिए सात जना राजदूत

रास्वपाबाट छानिए सात जना राजदूत

काठमाडौ‌-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुला आह्वानमार्फत् राजदूत बन्न आवेदन माग गरेकोमा २४० जनाले आवेदन दिएका छन्। रास्वपाले राजदूत सिफारिसका लागि अनलाइन फारम र ईमेलमार्फत् आह्वान गरेको थियो। प्राप्त आवेदन मध्येबाट सात जनाको समावेशी सूची रास्वपाले तयार गरेको छ। यो सूची तयार गर्न सांसद शिशिर खनालको संयोजकत्वमा समिति गठन भएको थियो। अन्तिम सूचीमा रहेका सात जनासँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम तय गर्न सभापति रवि लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएका छन्। सत्ता गठबन्धनले रिक्त राजदूतका लागि भागबण्डा गरेको थियो। केही दिनअघि नेकपा (एमाले) को कोटाबाट पाँच जना,…
Read More
के कारणले नेपालीहरु मलेसियाको जेलमा परेका छन् ?

के कारणले नेपालीहरु मलेसियाको जेलमा परेका छन् ?

काठमाडौं-   वैध कागजातको अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ। प्रवासी नेपाली समन्वय समिति ९पिएनसीसी०, सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी ९सेस्लम० र शोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो। कैदमा रहेका मध्ये कागजपत्रसम्बन्धी ६१ प्रतिशत, सहकर्मी वा रोजगारदातासँग झगडाका आठ प्रतिशत र आपराधिक गतिविधिसम्बन्धी कारणले तीन प्रतिशत श्रमिक पक्राउ परेको अध्ययनले देखाएको छ। पिएनसीसीले आइतबार पत्रकार सम्मेलन आयोजना गरी ‘मलेसियामा ठगी, गिरफ्तारी र थुनामा रहेका नेपाली आप्रवासी श्रमिक’ बारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। अध्ययनले पिएनसीसीमा…
Read More
ललितपुरमा रहेको एक सहकारीका अध्यक्ष र सचिव सहित चारजना पक्राउ

ललितपुरमा रहेको एक सहकारीका अध्यक्ष र सचिव सहित चारजना पक्राउ

काठमाडौं-   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी अभियोगमा एक सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित लालीगुराँस सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष काठमाडौँ महानगरपालिका–१३ घर भई सोही महानरपालिका–४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका–२ घर भई ललितपुर भैँसेपाटी बस्ने ४६ वर्षीय सुरेन्द्र भण्डारी, संस्थाका कोषाध्यक्ष काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–६ चावहिल बस्ने ६१ वर्षीय कदमबाबा जोशी प्रधान रहेका छन्। उनीहरूले आकर्षक ब्याज…
Read More
बिहीबारसम्म वर्षाको सम्भावना, ३४ जिल्लामा रेड अलर्ट जारी

बिहीबारसम्म वर्षाको सम्भावना, ३४ जिल्लामा रेड अलर्ट जारी

काठमाडौं-   जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने जनाएको छ। विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ। यसैगरी २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी गरेको छ। रेड अलर्टले अति जोखिम र यलो अलर्टले मध्यम जोखिमको संकेत गर्दछन्। अति जोखिम भनेर संकेत गरिएका जिल्लाहरुमा कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपु्र, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा छन्। यसैगरी बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रेड अलर्ट जारी भएको छ।…
Read More
आज र भोलिको देशभरको मौसम यस्तो रहनेछ

आज र भोलिको देशभरको मौसम यस्तो रहनेछ

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ्र रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र देशका बाँकी भू-भागका थोरै…
Read More
बगुवा चितवन समन्वय समितिको पहिलो साधारण सभा सम्पन्न

बगुवा चितवन समन्वय समितिको पहिलो साधारण सभा सम्पन्न

चितवन - गोरखाको बगुवामा जन्म भई चितवनका विभिन्न भागमा बसोबास गर्ने बगुवालीहरुको संस्था बगुवा चितवन समन्वय समितिको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टको अध्यक्षतामा रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा शनिबार साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।   साधारण सभामा अध्यक्ष ठाकुर भट्टले संस्थाको कार्यक्रमको औचित्यता र विधान तथा संस्थाले गर्ने गतिविधिमाथि प्रकाश पारेका थिए । समितिका उपाध्यक्ष चन्द्र प्रसाद भट्टराईले उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए ।     एक सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको सभामा ऋषिराम भट्टराईको संयोजकत्वमा भएको निर्वाचन समितिले ठाकुरप्रसाद भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको…
Read More
दुलही बनाएर नेपाली युवतीको चीनमा तस्करी

दुलही बनाएर नेपाली युवतीको चीनमा तस्करी

- कतै रोजगारी त कतै अन्य प्रलोभनमा भारतदेखि मध्यपूर्वसम्म नेपाली युवतीको तस्करीको डरलाग्दो जालो देखिएकै छ । आश्यर्चजनक रूपमा चीनमा पनि नेपाली युवतीको तस्करीको घटना सतहमा आएको छ । नेपाल प्रहरीको एक अनुसन्धानमा विवाह गर्ने प्रलोभनमा नेपाली युवती चीनमा तस्करी हुने गरेको खुलेको छ । घटनामा संलग्न उदयपुर त्रियुगा नगरपालिका– १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई पक्राउ परेपछि यो तथ्य खुलेको हो । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । राईले सम्पन्न चिनियाँ युवासँग विवाह गराइदिने प्रलोभनमा नेपाली युवती चीन लैजाने र प्रतियुवती एक लाख ५० हजार रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ । उनले चीन पठाएका दुई युवतीलाई प्रहरीले चीनस्थित नेपाली दूतावासबाट उद्धार…
Read More
डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

काठमाडौं-   महानगरपालिका स्वास्थ्य विभाग डेंगु संक्रमण फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ। नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ। डेंगु नियन्त्रण ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्,…
Read More
भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा

भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा

काठमाडौं- भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।   यो सहित भारत तेस्रो पटक टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६।४ ओभरमा १०३ रनमा समेटियो।​   इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए।​ जोनी बेयरस्टो र मोइन अलीलाई पनि पटेलले सस्तैमा पेभेलियनको बाटो देखाए। स्याम करन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.