नेपाली युवा रिजवान आलमले युएईमा कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा दिए महत्वपूर्ण योगदान
युएई- नेपाली युवा रिजवान आलमले युएईमा रहेर कूटनीतिक तथा सांस्कृतिक प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिए पछि उनको चर्चा अरब राष्ट्रहरुदेखि अन्य विभिन्न मुलुकले प्रसंशा गरेका छन । आलमले युएईमा उच्चपद र ओहदामा रहेका तथा राजपरिवारका व्यक्तिहरुसँग नेपाल र नेपालीहरुको लागि सकारात्मक भूमिकामा रहेर कार्य गर्दै आएकोले पनि उनको प्रशंसा अन्तराष्टिय रुपमा चिनिएको हो । उनले जुलाई २०२५ मा नेपालमा जलविद्युत् परियोजनासम्बन्धी एक महत्वपूर्ण प्रत्यक्ष वैदेशिक लगानी (FDI) सम्झौता सफलतापूर्वक सम्पन्न गरेर नेपालको दीर्घकालीन ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्। अरब संसदका अध्यक्षसँग ऐतिहासिक तथा व्यापारिक साझेदारी गर्दै प्रत्यक्ष स्थापना उपलब्धि हुनु कुनै पनि नेपाली नागरिकका लागि अत्यन्तै दुर्लभ मानिन्छ। यस उपलब्धिले नेपालको…