मनमा एउटै सोच छ – बच्चाहरूको भविष्य उज्यालो बनाउछु – उर्मिला रोका
करीब १५ बर्ष देखि अनबरत विदेश यात्रामा रहँदा आफ्नो जीवनको उतार चढाव तथा दुःख सुखको अनुभूतिमा यसरी प्रस्तुत हुनुहुन्छ झीमरुक गाउँपालिका ७ प्यूठानमा जन्मिएर माण्डवी गाउँपालिका २ मा कर्मभूमी बनाउनु भएकी उर्मिला रोका योगी । माध्यामिक शिक्षा पनि पूरा गर्न नपाउँदै विवाह बन्धनमा बाधिनु भएकी उर्मिला १७ बर्षमा बैदेशिक रोजगारीको शिलशिलामा कुबेदमा घरको काममा लाग्नु भयो । करीब डेढ बर्ष कुबेतको बसाईमा केही आम्दानी पश्चात नेपाल फर्कनु भयो । १६ बर्षको उमेरमा बाबु आमाले विवाह बन्धनमा बाधि दिनु भयो तत्पश्चात मेरा केहि ईच्छा आकांक्षाहरु मर्दै गयो उहाँले बताउनु भयो । १६ बर्षकी उर्मिलालाई ३५ बर्षीय श्रीमानसंग त्यस माथि पनि…