काठमाण्डौ-
आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ । नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको यो अन्तिम खेल हो ।
यसअघि लगातार तीन खेलमा पराजित भइ सकेको छ । यसअघिका पहिलो खेलमा नामिबियासँग ८ विकेट र अर्को खेलमा ३ रनले पराजित भएको थियो । त्यस्तै आयोजक टोली नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको थियो ।
लगातार तेस्रो हारसँगै लिग–२ को शीर्ष चारमा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निक्कै कठिन भएको छ । आठ टोली सहभागी लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ स्थानभित्र रहनुपर्ने छ ।
खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।