आज मितिः २०८३ असार ४ गते

रवि भट्ट

1058 Posts
साउदी अरवको जेल जीवन काटेर ५ हजार दिन पछि मातृभूमी टेकेका उपेन्द्रको आँसुको कथा

साउदी अरवको जेल जीवन काटेर ५ हजार दिन पछि मातृभूमी टेकेका उपेन्द्रको आँसुको कथा

आजीवन जेल सजाय सुनाइएर साउदी जेलमा परेका चितवन खैरहनी मजुई ७ का उपेन्द्र कार्की ५ हजार दिन पछि मातृभुमी टेकेको दिन ।   आज भन्दा करीव १३ वर्ष अघि २०१२ फेब्रुअरी २४ तारीख बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको हायलमा रहेको अल इतियाज कन्स्ट्रक्सन कम्पनीमा ड्राइभरको भिसामा पुगेका थिए । भिसामा तोकिए अनुरूपको काम अनुसार तोकिए बमोजिमको वेतनमा काम पाए पछि कार्की खुशी नै थिए । खाडी भासिनु नितान्त उपेन्द्रको एकांकी चाहना मात्र थिएन । घरको दैनन्दिनी चलाउन हम्मे हम्मे परेका उनका बुवा सन्तोष बहादुर कार्की र आमा शान्ती कार्कीको मुहारमा खुशी बहार गरिदिनु उनको अभिष्ट चाहनाकै कारण बुढ्यौलीवयमा लाग्दै गरेका…
Read More
यूकेमै अध्ययनरत सरिनालाई मार्सल आर्ट्समा स्वर्ण

यूकेमै अध्ययनरत सरिनालाई मार्सल आर्ट्समा स्वर्ण

काठमाडौँ — नेपालकी सरिना घलेले डब्लूएमएसी इंग्लिस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय ‘डेब्यु’ प्रतियोगितामै स्वर्ण जितेकी हुन् । इंग्ल्यान्डको क्यानोकस्थित चेस लिजर सेन्टरमा भएको प्रतियोगिताको ट्रेडिसनल वेप्पन फम्समा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् । तेस्रो डान सरिनाले ९।१ अंक जोडिन् । इंग्ल्यान्डकी एमिली जेन दोस्रो भइन् । प्रतियोगितामा करिब ८ सय खेलाडीको सहभागिता रहेको जनाइएको छ । अध्यक्ष राईका अनुसार सरिना एक वर्षदेखि यूकेमै अध्ययनरत छन् ।
Read More
सौराहामा फुड फेस्टिबल : रेवान कप महिला फुटवल प्रतियाेगिता हुने

सौराहामा फुड फेस्टिबल : रेवान कप महिला फुटवल प्रतियाेगिता हुने

रत्ननगर -   चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गते देखि सौराहा फुड फेष्टिबल अन्तर्गत प्रथम रेवान कप महिला फुटबल प्रतियाेगिता हुने भएकाे छ । खेलकुदकाे माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महिला फुटबल प्रतियाेगिता आयाेजना गरिएकाे हाे ।   माघ ३० गतेबाट ३ गते सम्म चल्ने प्रतियाेगितामा ६ वटा टिमकाे सहभागिता रहेकाे खेलकुद व्यवस्थापन उपसमितिका संयाेजक रामकाजी आधिकारीले जानकारी दिए । रेवान साैराहाकाे आयाेजना र रत्नप्रिय क्लवकाे समन्वयमा आयाेजित प्रतियाेगिताकाे विजेतालाई ३० हजार र उपविजेतालाई १५ हजार प्रदान गरिने छ । सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण हुन…
Read More
बकुलहर रत्ननगर अस्पतालको सामाजिक परीक्षण 

बकुलहर रत्ननगर अस्पतालको सामाजिक परीक्षण 

रत्ननगर - पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा र त्यसको प्रभावकारीको विषयमा विहीबार सामाजिक परीक्षण कार्यक्रम गरिएको छ । अस्पतालले प्रदान गर्ने सेवा प्रति नागरिकको अपेक्षा र सुधार गर्नुपक्षका विषयमा अभिमत संकलनको लागि कार्यक्रम आयोजना गरिएको हो ।   कार्यक्रममा सहभागीहरुले स्वास्थ्य बीमाको १० प्रतिशत शुल्क खारेजीको माग गरेका छन् । उनीहरुले स्वास्थ्य बिमामा विरामीको रोग अनुसारको औषधि उपलब्ध नभएको भन्दै गुणस्तरीय औषधिको व्यवस्था गर्न माग समेत गरेका छन् । मृगौला रोगीको डायलासिस, छालाको प्रभावकारी उपचार, ल्याव रिपोटमा अटोमेटिक मेसिनको प्रयोग गरिएकोमा अस्पतालको प्रशंसा गर्दै उपचारमा उपकरणको प्रयोग बढाउन र विशेषज्ञ डाक्टरहरु थप गर्न माग गरेका छन्…
Read More
सांसद गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन 

सांसद गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन 

चितवन - बागमती प्रदेशसभाका सदस्य गीता गुरुङले पश्चिम चितवनको विकास निर्माणका लागि स्थलगत अनुमगन तथा निरीक्षणमा लाग्नुभएको छ । बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, आर्थिक मामिला एवम् योजना मन्त्रीका स्वकिय सचिव अनुप अधिकारी सहित गुरुङ बागमती प्रदेश भित्रका योजनाहरुको स्थलगत अनुगमनमा लाग्नुभएको हो । उहाँले पश्चिम चितवनको विकास र समृद्धिका लागि भएका योजना र आगामी हुनुपर्ने योजनाका विषयमा स्थानिय तहका जनप्रतिनिधि तथा स्थानिय बासिसंग अन्तरक्रिया समेत गरिरहनुभएको छ ।   छलफल तथा भेटघाटका क्रममा स्थानियले बागमती प्रदेशबाट विकास निर्माणमा दिर्घकालिन योजना ल्याउन सुझाव दिएका छन् । सांसद गुरुङको टोलीले हुलाकी मार्गको रूपमा प्रयोग हुँदै आएको…
Read More
तीन अर्ब ठगी गर्ने क्रिप्टो करेन्सी कारोबारी ‘मास्टर एजेन्ट’ पक्राऊ 

तीन अर्ब ठगी गर्ने क्रिप्टो करेन्सी कारोबारी ‘मास्टर एजेन्ट’ पक्राऊ 

काठमाडौँ -   अभौतिक मुद्रा ९क्रिप्टो करेन्सी० कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ । नेपालमा गैरकानूनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम ९ठगी० गरेको गरेको कसूरमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो ।       केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय माइकल डंगौरा रहेका छन् । कैलाली बर्दगोरिया गाउँपालिका ६ घर भई हाल बुढानीलकण्ठ नगरपालिका ८ गैरीगाउँ बस्ने डंगौरा गिरोहका ‘मास्टर एजेन्ट’ रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए।   पक्राउ पर्ने अन्यमा कैलाली बर्दगोरिया गाउँपालिका ६ कै २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौँ बुढानिलकण्ठ नगरपालिका ८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ…
Read More
सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नु पर्छ- डा. वाग्ले

सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नु पर्छ- डा. वाग्ले

काठमाडौं-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् डा स्वर्णिम वाग्लेले हालसम्म भएका सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उपसभापति डा वाग्लेले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड दिए।     ‘जाँचबुझ आयोग ऐनको प्रावधानमा रहेर पूर्वप्रधानन्यायाधिश वा न्यायाधिशको अध्यक्षतामा न्यायिक आयोग गठन गनुपर्ने अब रास्वपाको चिरस्थायी माग हुनेछ’, उनले भने। रास्वपा सभापति रवि लामिछानेलाई सरकारले दुःख दिइरहेको उनको आरोप थियो।   सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको उल्लेख गर्दै उपसभापति डा वाग्लेले न्यायालयले उचित निर्णय गर्नेमा…
Read More
टिकटकको कारण बाबुले गरे छोरीको हत्या

टिकटकको कारण बाबुले गरे छोरीको हत्या

एजेन्सी - पाकिस्तानमा एक व्यक्तिले गोली हानेर आफ्नै छोरीको हत्या गरेका छन्।   ती व्यक्तिले हालै आफ्नो परिवार अमेरिकाबाट पाकिस्तान लिएर आएका थिए। उनले आफ्नी नाबालिग छोरीको हत्या गरेको स्वीकार गरेका छन्। छोरीले टिकटक भिडियो बनाएको मन नपरेर छोरीको हत्या गरेको बयान उनले प्रहरीमा दिएका छन्।   अमेरिकी नागरिकतासमेत रहेका ती व्यक्तिलाई आफ्नी छोरीको टिकटक पोष्ट आपत्तिजनक लागेको थियो। घटनाको सम्बन्धमा सबै एंगलबाट अनुसन्धान भइरहेको पाकिस्तानी प्रहरीले बताएको छ।
Read More
आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

  काठमाडौं-   प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं…
Read More
दुबईमा मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन फेब्रुवरी २२ र २३ मा हुने 

दुबईमा मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन फेब्रुवरी २२ र २३ मा हुने 

  दुबई दुबईमा मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन फेब्रुवरी २२ र २३ मा हुने भएको छ ।  इन्ट्रा  नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ  अमेरिकाले  आयोजना गर्दै आएको यो अडिसन फेब्रुवरी २२ र २३ मा हुने आइतबार दुबईमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।   नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ  अमेरिकाले  विस्वभर छरिएर रहेका नेपाली जातीका समुदाएका गायन र नृत्य क्षेत्रका उत्कृस्ट  प्रतिभाहरुको पहिचान गर्नका लागि विस्वस्तरिय शोहरु गर्दै आएको कार्यक्रमका संयोजक आशिष पुरुषले जानकारी दिनुभयो । यसको लागि विस्वको अन्य मुलुकहरुमा पनि सुरु हुन थालेको उहाले बताउनु भयो ।   नेपालभित्र र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.