आज मितिः २०८३ असार ५ गते

रवि भट्ट

1058 Posts
कुलमानको विषयमा प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

कुलमानको विषयमा प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौं-   कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको बिषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेका छन् ।   राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गरे। एक जनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरी जसलाई भन्यो त्यसैलाई नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे। सरकारले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरुले आज संसद्‍का दुवै सदन अवरुद्ध गराएका छन्। प्रधानमन्त्री ओलीले भने विपक्षी दलहरूको मागबमोजिम संसद्मा गएर जवाफ नदिने अडान लिएका छन्…
Read More
भारतीय महिला सर्लाहीको एक गेस्ट हाउसमा मृत फेला

भारतीय महिला सर्लाहीको एक गेस्ट हाउसमा मृत फेला

सर्लाही-   भारतीय  एक महिला सर्लाही सदरमुकाम मलंगवा–९ स्थित बालमन्दिर चोकको ताज गेस्ट हाउसमा मृत फेला परेकी छन्। दिल्लीस्थित उत्तरपूर्वी सुदामापुरीकी २८ वर्षीय आरती कुमारी बुधवार दिउँसो गेस्ट हाउसको कोठामा पासो लगाएको अवस्थामा भेटिएकी हुन्। गेस्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हरिवन नगरपालिका–११ का मो। सेराज नामक व्यक्तिले चैत ११ गते गेस्ट हाउसको कोठा नं। १०९ आफ्नो नाममा बुक गरी ती महिलासँग बस्दै आएका थिए। उनी पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेस्ट हाउस आइरहेका थिए। उनी…
Read More
भरतपुरमा स्वास्थ्य शिविर, १ हजार १ सयले लिए सेवा

भरतपुरमा स्वास्थ्य शिविर, १ हजार १ सयले लिए सेवा

भरतपुर : “मानव सेवा नै माधव सेवा” भन्ने मूल नाराका साथ श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. २८, जीतपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा साना नानीदेखि जेष्ठ नागरिकसम्म गरी करिब ११०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। तीमध्ये करिब ८०० जना महिला र ३०० जना पुरुष थिए। सबैभन्दा बढी उमेरकी १०४ वर्षीया पवित्रा देवी गौतम समेत स्वास्थ्य उपचारका लागि शिविरमा उपस्थित भएकी थिइन्। शिविरमा बालरोग, हाडजोर्नी रोग, मनोरोग, क्यान्सर, महिलासम्बन्धी रोग, मुखरोग, दन्तरोग, मुटुरोग लगायतका विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरूको उपचार गरिएको थियो। साथै, १४० प्रकारका औषधिहरू निःशुल्क वितरण…
Read More
भक्तपुर हत्या घटनामा तीन जना आरोपित पक्राउ

भक्तपुर हत्या घटनामा तीन जना आरोपित पक्राउ

भक्तपुर-   भक्तपुर मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका–६ घरभई हाल बोडे बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो। साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको १०० राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईमा लडाएर ढुङ्गाले पटकपटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब…
Read More
आज तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं- आज जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई…
Read More
कुलमानको बर्खास्तीमा विभिन्न दलका नेताहरुले यसो भने

कुलमानको बर्खास्तीमा विभिन्न दलका नेताहरुले यसो भने

काठमाण्डौं-   सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सर्वत्र विरोध भइरहेको छ। सत्तारुढ दलदेखि विपक्षी अनि जनस्तरसम्म पनि सरकारको चर्को आलोचना भइरहेको छ। कुलमानलाई हटाउने सरकारी निर्णयको सत्तारूढ कांग्रेसका दुवै महामन्त्रीले विरोध गरेका छन्। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेख्दै कुलमान हटाउने निर्णयको विरोध गरेका हुन्। कुलमानलाई हटाउने ऊर्जामन्त्री दीपक खड्का कांग्रेसकै नेता हुन्। ऊर्जामन्त्रीकै दलका दुई महामन्त्रीले भने सार्वजनिक रूपमा यो निर्णयको विरोध गरेका छन्। सामाजिक सञ्जालमा असन्तोष प्रकट गर्दै महामन्त्री थापाले लेखेका छन्, ुआमनागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको…
Read More
कालिमाटीमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु

कालिमाटीमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु

काठमाडौं- काठमाडौंको कालिमाटीमा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका(१४ कालिमाटीस्थित एलआरआई स्कुल नजिकै दुई समूहबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुई समूहबीच होलीमा भएको विवादलाई लिएर सोमबार झडप भएको हो। रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्का प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा काठमाडौंको ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोले रहेका छन्। उनको टाउकोमा गहिरो चोट लागेको थियो। नागढुंगा बस्ने २३ वर्षीय सन्दिप भुजेल, हेटौंडा घर भई हाल पुरानो नैकाप बस्ने २२ वर्षीय चक्रे भन्ने…
Read More
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं-   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई…
Read More
कुलमानलाई हटाएकोमा सर्बत्र विरोध

कुलमानलाई हटाएकोमा सर्बत्र विरोध

काठमाडौं-   कुलमानलाई हटाएकोमा देशभर व्यक्ति तथा संघसंस्थाले विरोध जनाएका छन् । उनलाई हटाईएकोमा विरोध गर्दै शेखर कोइरालाले भनेका छन् विनाशकाले विपरीत बुद्धि नेपाली कांग्रेसका नेता कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले सरकारले कुशासनको निरन्तरताको यो अर्को कडी रहेको भन्दै यसको स्वामित्व सरकारमा सहभागी रहेको दल कांग्रेसले नलिने उनले बताएका हुन्। साथै, उनले सरकारका गतिविधिको विरोध गर्दै यसरी कतिदिन चल्ने र चलाउने भनी प्रश्नसमेत गरेका छन्।  
Read More
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

सुनसरी- माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड ९शिक्षक०ले मोबाइल अफ गरेका थिए । उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.