आज मितिः २०८३ श्रावण १६ गते

रवि भट्ट

1132 Posts
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ 

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ 

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१८ बस्ने भारत बिहार गोपालगंज घर भएका ४२ वर्षीय संजय कुमारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।   संजयले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
Read More
यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

चितवन- जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका वाड नं १५ को रातोमाटे चेक प्वाइन्ट नजिकै दुर्घटना भएको हो ।   दुर्घटनामा परेका यात्रुहरूलाई स्थानीय र प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गम्भीर घाइते नौ जनालाई थप उपचारको लागि हेटौँडा अस्पताल लगिएको छ । बसमा ३०–३५ जना यात्रुहरू सवार रहेको र अन्य यात्रुहरू सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
Read More
बर्डफ्लु सङ्क्रमण भएका पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने 

बर्डफ्लु सङ्क्रमण भएका पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने 

काठमाडौं- बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई पशुसेवा विभागले कारबाही गर्ने जनाएको छ।   पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारबाही गर्ने जनाएको हो ।   गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लुका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको हो।   रोगको सङ्क्रमण नियन्त्रण गर्न प्राविधिकको टोली सङ्क्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा सक्रिय रहेको बताउँदै उहाँले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए। सम्बन्धित जिल्लामा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएकाले केही…
Read More
कविता – आशा अझै मरेको छैन !

कविता – आशा अझै मरेको छैन !

कालो बादलले आकाश ढाके पनि, बिहानीमा घाम हराएको छैन । हजारौँ बाधा बाटामा आए पनि, मेरो मनको आशा मरेको छैन ।।   काँडाले पाइला रोके पनि, सपना अघि बढ्न छाडेको छैन। परिश्रमको पसिना बगिरहेसम्म, सफलताको ढोका बन्द हुने छैन।।   हारले केही सिकाउँछ, दु:खले अझ बलियो बनाँउछ । विश्वास र साहस साथमा रहेसम्म, जीवनको उज्यालो निभ्ने छैन ।।   आँखाभरि सजाएका सपना, मनभरि अटल विश्वास बोकी संघर्षलाई साथी बनाएर हिँड्दा, मेरो आशा अझै पनि मरेको छैन ।।   -सोनिया कठायत उर्लाबारी -१
Read More
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका१० बस्ने पाल्पा घर भएकी ४८ वर्षीय मेनुका ढुंगाना, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सन्जु तामाङ, टोखा नगरपालिका-८ बस्ने सिन्धुली घर भएकी ३८ वर्षीया सुमित्रा कोईराला, गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएकी ३७ वर्षीया रंजना कोईराला, गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने गोरखा घर भएका ३२ वर्षीय सन्तोष तामाङ र काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ५१ वर्षीय धात्री प्रसाद पोख्रेल रहेका छन् । पक्राउ मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट…
Read More
आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं-   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा कञ्चनपुरको दोधारामा १७।४ मिलिमिटर र हनुमाननगरमा १२।४ मिलिमिटर वर्षा भएको   पछिल्लो चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको छ। सबैभन्दा बढी दोधारामा १४९।६ मिलिमिटर र कपिलवस्तुको वनगंगामा ११७।६ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंको नागार्जुनमा ४६।६ मिलिमिटर वर्षा भएको छ। अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ।   बिहीबार दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ।   दिउँसो देशको हिमाली र पहाडी भू(भागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।   लुम्बिनी प्रदेशको तराई भू(भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू(भागका थोरै…
Read More
इक्वेडरलाई २-१ गोलले हराउँदे मेक्सिको अन्तिम १६ मा

इक्वेडरलाई २-१ गोलले हराउँदे मेक्सिको अन्तिम १६ मा

काठमाण्डौं- आज बिहान घरेलु मैदानमा इक्वेडरलाई २-१ गोलले हराउँदे मेक्सिको अन्तिम १६ मा पुगेको छ । मेक्सिकोको जितमा जुलिएन क्विनोनेज र रउल जिमिनेजले गोल गरे। खेलको २१ मिनेटमा क्विनोनेजले मेक्सिकोलाई सुरूवाती अग्रता दिलाएका थिए। ३१ मिनेटमा जिमिनेजले अग्रता दोब्बर पारेपछि मेक्सिकोले पहिलो हाफमै २(० को अग्रता लिएको थियो। दोस्रो हाफमा दुवै पक्षले गोलका लागि प्रयत्न गरेको भएन पनि सफल हुन सकेन। ९० मिनेटपछि थपिएको अतिरिक्त समयको पाँचौं मिनेटमा इक्वेडरका पिएरो हिनक्यापीले रातो कार्ड खाएका थिए। जारी विश्वकपको सह आयोजक समेत रहेको मेक्सिकोले अन्तिम १६ मा इंग्ल्याण्ड र कंगोबीचको खेलको विजेतासँग खेल्नेछ।
Read More
सुनचाँदीको मूल्य चार हजार ५०० ले घट्यो

सुनचाँदीको मूल्य चार हजार ५०० ले घट्यो

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा चार हजार ५०० ले घटेको छ । त्यस्तै चाँदी २५ ले घटेको छ । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ निर्धारण भएको छ । सोमबार एक तोला सुनको मूल्य दुई लाख ८२ हजार ४०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य चार हजार ३१० मा कारोबार भएको थियो । त्यस्तै, आइतबार एक तोला सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ३२५ मा खरिद बिक्री भएको थियो ।  
Read More
विश्वकप फुटबलको अन्तिम १६ मा फ्रान्स र नर्वे पुगे

विश्वकप फुटबलको अन्तिम १६ मा फ्रान्स र नर्वे पुगे

काठमाण्डौ- फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम १६ मा पुगेका छन् । फ्रान्सले स्विडेनलाई ३ गोलले हराउँदा गएराति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेको हो । नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे । खेलमा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए । यसअघि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए । तर ७४औँ मिनेटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । हालान्डले प्रतियोगितामा तीन खेलमा पाँच गोल गरेका छन् । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्विडेनमाथि…
Read More
घट्यो पेट्रोल–डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य

घट्यो पेट्रोल–डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ। यस्तै, हवाई इन्धन ९आन्तरिकतर्फ० प्रतिलिटर रु ४० र हवाई इन्धन ९अन्तरराष्ट्रियतर्फ० काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ।   हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर रु २२९ कायम भएको छ। यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १००…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.