मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त
काठमाडौँ- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्दै उनको ठाउँमा राजनीतिक विश्लेषक सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रदेश प्रमुख सम्बन्धित प्रदेशमा संघीय सरकारको प्रतिनिधिका रूपमा काम गर्छन्। विवादपछि पदमुक्त भण्डारीको बर्खास्ती आइतबार सार्वजनिक विवादसँग जोडिएको छ। आइतबार कांग्रेससहित सात दलले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि भण्डारीलाई खबरदारी गरेका थिए। तर त्यसैदिन अस्वस्थताको कारण जनकपुरबाट काठमाडौँ प्रस्थान गरेको बताउँदै उनी निवासबाट निस्किएकी थिइन्। काठमाडौँ जान लागेको जानकारी…