आज मितिः २०८३ असार ६ गते

रवि भट्ट

1059 Posts
बलात्कार अभियोगमा पर्साका दुई जना पक्राउ

बलात्कार अभियोगमा पर्साका दुई जना पक्राउ

पर्सा-   बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन्। जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो। पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ। अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका थिए। पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए।
Read More
बुटवलमा एकै परिवारका तीन जनाको हत्या

बुटवलमा एकै परिवारका तीन जनाको हत्या

काठमाडौं- रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन्। बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका चार र सात वर्षका दुई छोरीहरूको हत्या भएको बुझिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेका हुन्। उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ। मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Read More
पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं-   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन…
Read More
गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अवरोध गर्ने, माओवादी र राप्रपाले पनि साथ दिने

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अवरोध गर्ने, माओवादी र राप्रपाले पनि साथ दिने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् । रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको संसद बैठक अवरोध गर्ने तयारी रहेको पार्टी स्रोतले बतायो । स्रोतले भन्यो- ‘गृहमन्त्रीको राजीनामा हाम्रो बटमलाइन हो । राजीनामा नआएसम्म सदन सुचारु हुँदैन ।’ रास्वपाको यो अडानले जेठ १५ मा हुने बजेट भाषण पनि प्रभावित बन्न सक्ने देखिएको छ । सत्ता गठबन्धन दलहरूले गृहमन्त्री लेखकको…
Read More
स्वतन्त्र, निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ : माओवादी 

स्वतन्त्र, निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ : माओवादी 

काठमाण्डौं- प्रमुख प्रतिपक्षी दल माओवादीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्री पदमा हुँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै राजीनामा मागेको हो । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको बताए । ‘अध्यागनमार्फत नेपालीलाई भिजिट भिसामार्फत विदेश पठाउने कार्यमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘राज्यका निकायले छानबिन सुरु गरिसकेको स्थितिमा स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ ।’ राजीनामा दिन ढिला गर्दा मुलुकको साख गिर्ने निष्कर्ष माओवादीले निकालेको छ ।
Read More
आईपीएल क्रिकेटमा पन्जाबले मुम्बईलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पन्जाबले मुम्बईलाई ७ विकेटले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पन्जाब किङ्ग्सले शीर्ष–२ मा लिग चरणको अन्त्य गरेको छ । सोमबार भएको खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जीत निकालेको हो । पन्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए । मुम्बईका मिचेल सान्टनेरले २ र जसप्रति बुमराहले १ विकेट लिए । जयपुरमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले अर्धशतक बनाए । पन्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित…
Read More
मकवानपुरमा बसको ठक्करबाट तीनको ज्यान गयो,चार जना घाइते

मकवानपुरमा बसको ठक्करबाट तीनको ज्यान गयो,चार जना घाइते

मकवानपुर –   मकवानपुरको थाहा नगरपालिका–३ मा बसको ठक्करबाट तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । सोमबार बेलुका बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ भने अरु घाइतेहरुको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ…
Read More
आज पहाडी भूभागमा वर्षाको सम्भावना

आज पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाण्डौं- जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशका केही भूभागमा आज वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना छ । पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । मनसुन आगमनको…
Read More
गायिका प्रिती आलेको ‘भो चाहिंदैन’ गीत युट्युब ट्रेण्डिङमा

गायिका प्रिती आलेको ‘भो चाहिंदैन’ गीत युट्युब ट्रेण्डिङमा

काठमाडौं - यतिबेला गायिका प्रिती आले मेलामहोत्सवमा डिमाण्डेड गायिका बनेकी छिन् । कहिले दोहोरी ब्याटल ल्याएर भने कहिले तीज गीतमै रकशैली फ्युजन गरेर चर्चामा छाउँछिन् । उनी प्रस्तुतिमा नयाँपन दिन रुचाउँछिन् । यहि क्रममा उनले आफ्नै लय, शब्द, मोडलिङ र निर्देशनमा तयार भएको सार्वजनिक गरेकी छिन् । ‘भो चाहिदैन’ बोलको उक्त गीतमा प्रितीको आफ्नै शैली त छँदैछ, भिडियो सन्देशमूलक बनेको छ । एलओडी क्लबमा छायांकन गरिएको यो भिडियो, शैली र प्रस्तुतीका हिसाबले विशेष र फरक देखिएको छ । जसका कारण प्रितीको धेरैले प्रशंसा गरेका छन् । हिजो कुनै बेला लोक तथा दोहोरी गीत प्रतिष्ठानका उनको गीतलाई बन्देजको घोषणा नै गरेको…
Read More
अखिल नेपाल महासंघ चितवनद्धारा ध्यानाकर्षण

अखिल नेपाल महासंघ चितवनद्धारा ध्यानाकर्षण

चितवन- अखिल नेपाल महासंघ चितवनद्धारा जिल्लाका विभिन्न निकायलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । गत बैशाख ३० गते देखि जेठ २ गतेसम्म आएको हावाहुरीका कारण विभिन्न फलफुल तथा वालीनालीमा असर गरेकोमा महासंघ चितवनद्धारा ध्यानाकर्षण गराईको हो ।   महासंघले आईतवार जिल्ला कृषि विकाश कार्यालय, भरतपुर महानगर पालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाईको हो । अखिल नेपाल महासंघ चितवनका अध्यक्ष सिपी अधिकारी तथा ईन्चार्ज दुर्गा दत्त पौडेलद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा किसानले वालिको उत्पादन लिने वेलामा हावाहुरीले गर्दा किसानहरु मर्कामा परेको जनाईएको छ । यस सन्धर्भमा सम्बन्धित पालिका मार्फत विवरण लिएर आवश्यक क्षतिपुर्तिको लागि सरकार समक्ष पुराउन माग गरिएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.