सर्लाहीको घटनामा प्रशासन र प्रदर्शनकारीबीच सहमति
सर्लाही- सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएको छ। पीडित परिवार र प्रदर्शनकारीहरुले गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव उठाउन सहमति जनाएका छन्। मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय(सर्वपक्षीय छलफलपछि अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय शकर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको छ। आइतबार साँझ प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी…