आज मितिः २०८३ असार २ गते

यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई २० जोर सुट दिने

काठमाडौं-

बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ। मेरीना इम्पेक्स र नेपाल क्रिकेट संघबीच उक्त सम्झौता भएको हो।

सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका लागि जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमलाई मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुन बस्नेत र राम प्रसाद अर्यालले सम्मान सहित बिदाइ गरेका छन्। क्यानले आयोजना गरेको विदाई कार्यक्रममा क्यानका सचिव पारस खड्काले खेलाडीहरुको हौसला बढाउन सहयोग गरेकोमा मेरीना इम्पेक्सलाई धन्यवाद दिएका थिए।

नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउन सामाजिक उत्तरदायितव अन्तर्गत उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ। यसअघि पनि टी-२० वर्ल्ड कपमा मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिएको थियो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.