आज मितिः २०८३ बैशाख ८ गते

बरहथवा सडकमा टायर बालेर बजार र यातायात बन्द

Uddar News

सर्लाही –

प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्तले बजार र यातायात बन्द गराएका छन्। उनीहरुले सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन्।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने-नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि शुक्रबार प्रहरीले गोली चलाएको थियो। गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भएको हो।
साहको शव अझै घटनास्थलमै छ। पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन्।

शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवारलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सहमतिको प्रयास गरे पनि माग सम्बोधन नगरेसम्म सहमति नगर्ने अडान पीडित परिवारले राखेपछि सहमति हुन सकेन।

गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्रहरीको गोलीले साहको मृत्यु भएपछि अवस्था अनियन्त्रित हुन नदिन शनिबार बिहान ८ बजेसम्म प्रशासनले कर्फ्यु लगाएको थियो। त्यसपछि शनिबार बिहानदेखि आज बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.