आज मितिः २०८३ बैशाख ८ गते

चितवनको नेपाल मावि टॉडीका प्रधानाध्यापक सुवेदीको सरुवा खारेज

चितवन –

उच्च अदालत हेटौडाले नेपाल माध्यमिक विद्यालय टॉडीका प्रधानाध्यापक बुद्विराज सुवेदीको सरुवा कानुन वमोजीम नभएको भन्दै खारेज गरिदिएको छ । अदालतले विहीबार सुवेदीको पक्षमा निर्णय गर्दै सुवेदीलाई नेपाल मावीमै प्रधानाध्यापकका रुपमा कार्य गर्न दिन रत्ननगर नगरपालिकालाई आदेश दिएको छ ।

नेपाल मावीमा प्रधानाध्यापक पदमा कार्यरत निवेदक बुद्विराज सुवेदीलाइ अर्को विद्यालय मोहना माविमा सरुवा गर्ने प्रयोजनका लागि गरिएको भदौ ६ गतेको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन समितिको निर्णय भदौ १३ गतेको कामकाजमा खटाइएको भन्ने रत्ननगर नगरपालिकाको शिक्षा समितिको निर्णय कानून बमोजिमको नदेखिंदा उक्त निर्णयहरु निवेदक बुद्विराज सुवेदीका हकमा उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ आदेशमा लेखिएको छ ।

अव रत्ननगर नगरपालिकाले उच्च अदालतको आदेश मानेर सुवेदीको सरुवाको निर्णय खारेज गर्दै सुवेदीलाई नेपाल मावीमा प्रधानाध्यापकका रुपमा कार्य गर्न दिनु पर्नेछ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.