काठमाण्डौं-
बिगत लामो समय देखि रोजगारीको शिलसिलामा मलेसिया गएका दुई युवाको खोजि कार्य गर्न नेपाली जनसम्पर्क समिति मलेसियाले सबैलाई आग्रह गरेको छ ।
धादिङ्ग घर भएका बिनोद पाण्डे र भोजपुरका शक्ति राज गेलाललाई खोजि गर्न सम्पर्क समितिका सभापति चोलाकान्त पंगेनीले सामाजिक सँञ्जाल मार्फत आग्रह गर्नु भएको हो । पंगेनीले यति खेर परिवार बिचमा सम्पर्क बिहिन भएका र उनिहरुलाई खोजि कार्य गर्न नेपालबाट परिवारका सदस्य र नेपाली काङ्ग्रेस महामन्त्री बिश्व प्रकाश शर्माले नेपाली जनसम्पर्क समिति मलेसियालाई पत्रचार गर्नु भएको उल्लेख गर्नु भएको छ ।
साथै धादिङ्ग घर भएका बिनोद पाण्डेलाई खोजी गरिदिन घरपरिवार र नेपाली काङ्ग्रेस धादिङ्गका जिल्ला सभापती रमेश धमला र नबराज पाण्डे निवेदन सहित सभापती पंगेनीलाई अनुरोध गर्नु भएको छ ।
नेपाली जनसम्पर्क समितिका सभापति पंगेनीले निबेदनलाई नेपाली राजदुतावास मलेसियाका राजदुत समक्ष पेश गर्दै खोजिकार्यको लागि थप पहल गर्न अनुरोध गर्नु भयो ।
साथै समितिले यस खोजिकार्यको लागि मलेसिया रहनु भएका नेपालीहरु दाजुभाई तथा दिदिबहिनी एव विभिन्न सँघसस्था , पत्रकार ,बुद्धिजिबि र सरोकार वाला सबैमा अनुरोध गर्न भएको छ ।