चितवन-
चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ। ध्रुवे हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका(२३ वयरघारी क्षेत्रमा चारवटा घर भत्काई दिएको छ।
हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ। रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए। हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले बताए।
हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्ने मानिसलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
ध्रुबे हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो।उनले भने,‘अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको छ।’