आज मितिः २०८३ बैशाख ८ गते

आज केही स्थानमा हिमपातको संभावना

काठमाडौं-

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागमा मौसम सामान्यतया सफा जनाएको हो।

महाशाखाले हाल तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जानकारी दिँदै महाशाखाले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.