आज मितिः २०८३ बैशाख ९ गते

उद्दार अनलाईन

564 Posts
पर्यटकको घुईँचो कालिञ्चोकमा, हिमपातले सेताम्मे

पर्यटकको घुईँचो कालिञ्चोकमा, हिमपातले सेताम्मे

दोलखा- दोलखाको कालिञ्चोकसहित उच्च हिमाली क्षेत्रमा पर्यटकको घुईँचो लाग्न थालेको छ । यहाँ चिसो बढेपछि मंगलबार दिउँसोदेखि हिमपात हुन थालेको हो । निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको छ। जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिञ्चोक, जिरी, शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात हुन थालेको छ। कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो। हिउँदमा सधैँ पर्यटक भरिभराउ हुने कालिञ्चोकमा यो वर्ष हिमपात नहुँदा पर्यटकको चहलपहल खासै बढेको थिएन। दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको कालिञ्चोकको प्रवेश बजार कुरीबाट झण्डै एक किलोमिटर केबलकारमार्फत कालिञ्चोक भगवतीको मन्दिर भएको स्थानमा पुग्न सकिन्छ।  
Read More
दुबईमा प्रजील पराजुलीको करोड ठगी धन्दा

दुबईमा प्रजील पराजुलीको करोड ठगी धन्दा

दुबई- दुबईमा झापाका प्रजिल पराजुलीले करोड रुपैया ठगी गरेको खुलासा भएको छ । उनले पिरामीड शैलीमा ठगी गर्दै आएको पिडितहरुले बताएका छन् । पराजुलीसंग होसियार रहन भनि यतिबेला दुबईमा सामाजिक संञ्जालमा सूचना नै जारी गरेका छन् । पिडितहरुले करोडौं ठगीगरी, भारतमा महल खडा गरि दुबईमा फरार भएको उल्लेख गरेका छन् । उनिहरुले नेपाली भएर नेपालीलाई नै ठग्नु अपराध गरेको जनाएका छन् । हाल दुबईमा आफ्नो परिवार सगै बसेर नेपालीलाई ठग्ने ठुलो ठग प्रजिल पराजुली र साथमा मिलेमतोमा अर्का व्यक्ति अक्षय भट्टराई सग सबै होसियार रहन पिडितहरुले सूचनामा लेखेका छन् । पराजुलीले युरोपको सपना देखाई करिब ६० जना नेपालीलाई घरबाहर बिहिन…
Read More
पिडितको उद्धारमा दुबईको जेएमसि

पिडितको उद्धारमा दुबईको जेएमसि

रवि भट्ट /दुबई-   देश वा विदेशमा कुनै व्यवसायमा लागेर मनग्य आम्दानि गर्नु, घर परिवार सुखि राख्नु, केही मनोरञ्जन गर्नु र आम्दानिको केही रकम समाजसेवामा लगाउनु स्वभाविकै हो । तर विदेशमा प्रतिस्पर्धात्मक व्यवसाय गरेर पनि पिडितहरुको उद्धार गर्नुमा खुशी रहेको बताउँछन् जेएमसिका संञ्चालक त्रय करण सेन ठकुरी, विजय श्रेष्ठ र फाल्गुणि पौडेल । दुबईको बरदुबईमा यी तीन युवाहरुले जेएमसि नामक एक कम्पनि संञ्चालनमा ल्याएका छन् । जेएमसि एक नाफामूलक व्यवसाय भए पनि उनिहरुले नेपालबाट दुवई आई अलपत्र परेकाहरुको लागि पनि केही उद्धार गर्ने सोच बनाएर प्रत्येक महिनाको अन्तिम हप्तामा एक जनालाई निशुल्क कागजात र हवाई टिकट उपलब्ध गराई नेपाल पठाउने…
Read More
आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं - बंगलादेशको दक्षिण भू/भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । साथै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।…
Read More
अब स्वास्थ्य बिमा गर्नेले उपचार खर्चको १० प्रतिशतमात्र तिरे पुग्ने

अब स्वास्थ्य बिमा गर्नेले उपचार खर्चको १० प्रतिशतमात्र तिरे पुग्ने

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बिमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र तिरे पुग्ने बताएको छ। बोर्डले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैंले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बर्सौलाले जानकारी दिए। यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो। पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ। उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा सहभुक्तानी प्रणाली लागू गरिएको बताए। ‘बीमितले अनावश्यक रूपमा चिकित्सकलाई दबाब दिएर स्वास्थ्य परीक्षण गराउन…
Read More
त्रिशूलीमा खसेको बोलेरो भेटियो

त्रिशूलीमा खसेको बोलेरो भेटियो

चितवन-   नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तीन नम्बर पुल नजिकै त्रिशुली नदीमा खसेको बालेरो भेटिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी गर्दा बोलेरो गाडी भेटिएको मुग्लिन प्रहरीले जनाएको हो। गाडीमा मानिस भने नभेटिएको बताइएको छ। ​मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेटसमेत फेला परेको छ।
Read More
आज माघे संक्रान्ति पर्व, आजै देखि उत्तरायण शुरु

आज माघे संक्रान्ति पर्व, आजै देखि उत्तरायण शुरु

काठमाडौं -   आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । विशेष गरि थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् । आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छ किनकि माघ १ गतेदेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।…
Read More
गोरखाका किसानलाई फलफूलको बेर्नामा अनुदान

गोरखाका किसानलाई फलफूलको बेर्नामा अनुदान

गोरखा- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ । परियोजनाअन्तर्गत किसानलाई रु १७ लाख ८० हजार रकम उपलब्ध गराइएको हो ।   फलफूलको उत्पादन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो । “किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ”, उहाँले भन्नुभयो, “सोहीअनुरुप व्यावसायिक रुपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो ।”   परियोजनामार्फत कार्यालयबाट गत आर्थिक वर्षमा कूल २४ हजार एक सय १६ फलफूलका बेर्ना खरिद गरेर वितरण…
Read More
हुण्डी कारोबार गर्ने दुई जना सार्वजनिक

हुण्डी कारोबार गर्ने दुई जना सार्वजनिक

काठमाडौं-   नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५ का ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका-४ का ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनका अनुसार काठमाडौँ महानगरपालिका(२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतम समेतका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई पक्राउ गरिएको हो। प्रहरीले गौतमका साथबाट नेपाली रु। एक हजार दरका ६ सय थान नोट, र रु। पाँच सय दरको चार सय थान नोट गरी रु आठ लाख बरामद…
Read More
मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ

मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ

काठमाडौं-   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ सै घण्टा उपभोक्ताको धारामा खानेपानी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै सोमबार उनले काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा दिन निर्देशन दिएका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ। केही वर्षभित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गरिने व्यवस्था मिलाउनका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.