आज मितिः २०८३ बैशाख १० गते

उद्दार अनलाईन

564 Posts
स्कुटर र मोटरसाइकल ठोक्किदाँ मोटरसाईकल चालकको मृत्यु

स्कुटर र मोटरसाइकल ठोक्किदाँ मोटरसाईकल चालकको मृत्यु

भक्तपुर- भक्तपुर नगरपालिका-१ चुनदेवी आकाशे पुल नजिकै दुर्घटना हुँदा मंगलबार साँझ साढे ६ बजेतिर एक जनाको मृत्यु भएको छ। सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको बागमती प्रदेश ०२-०२२ प ८७३२ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२-०२१ प ९०३२ नम्बरको स्‍कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका(६ पाण्डुबजार बस्ने २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए। उनलाई मध्यपुर अस्पताल ठिमी लगिएकोमा त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल तिव्र गतिमा थियो, जसकारण स्कुटरलाई ठक्‍कर दिएपछि मोटरसाइकल लड्दा चालक केसीलाई गम्भीर चोट लागेको थियो। स्कुटर चालकलाई सामान्य चोटमात्रै लागेको प्रहरीले जनाएको छ।    
Read More
न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने

न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने

काठमाडौं-   काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए। मंगलबारदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए। उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिने बताए।
Read More
आज पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

आज पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं- मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको उल्लेख छ। साथै देशका तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ। अझै दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा…
Read More
सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा

सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा

इलाम- नेपाल–भारत सीमा इलामको पशुपतिनगरबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीलाई सहज भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी आइतबारदेखि सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र सञ्चालनमा आएपछि भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा सहजता हुने भएको हो ।   प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा रु पाँच सय १० र मोटरसाइकलको रु दुई सय १० राजस्व लिने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उहाँले पशुपतिनगरमा भारतीय पर्यटकलाई पटके काट्ने व्यवस्था नहुँदा भएको समस्या हट्दै जाने बताउनुभयो ।   कार्यक्रममा…
Read More
देवघाटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

देवघाटमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ-   तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ। दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। ट्रक चालकको खोजी भइरहेको उपरीक्षक खाँणले बताए।  
Read More
कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

काठमाडौं- पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ। पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर अदालतले उनको नियुक्ति खारेज गरिदिएको हो। उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार भरत मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो। आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ। गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।  
Read More
त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एक जना पक्राउ

काठमाडौं -   त्रिभुवन विमानस्थलबाट करिब आधा केजी सुनसहित एक युवा पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बताए । हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ
Read More
नेपाल विद्यार्थी संघ रत्ननगरको नगर सभापतिमा नवीन

नेपाल विद्यार्थी संघ रत्ननगरको नगर सभापतिमा नवीन

रत्ननगर- नेपाल विद्यार्थी संघ रत्ननगरको नगर सभापतिमा नवीन थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै, कार्यसमितिको उपसभापतिमा रामचन्द्र दंगाल, सुदीप सुवेदी, अभिषेक खनाल, रोशन तिमल्सिना, सचिवमा अनुप भण्डारी, प्रवीण पौडेल, सफल रिजाल, सहसचिवमा नवीन भट्टराई, शिव बगाले, सुमित क्षेत्री, उमर खान, सरोज शर्मा, कोषाध्यक्षमा सुजिता बिंडारी र प्रवक्तामा सुदीप अर्याल चयन भएका छन् ।   यस्तै, नगर कार्यसमितिको सदस्यहरुमा अप्सरा बि।क।, हिमांशु घिमिरे, नवीन तिमल्सिना, सहज खनाल, विकल भट्टराई, स्वरुप अधिकारी, प्रकृति चौधरी, रोहित रौनियार, सन्देश बस्ताकोटी, प्रमिश नेपाल, रितिष्मा सुवेदी, सरोज शर्मा, आयुष ओझा, राखी परियार, अनुप अर्याल, रिजन भट्ट र आश्विन के।सी।चयन भएका छन् ।   नेविसंघ नगर…
Read More
श्रम स्वीकृतिबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाख

श्रम स्वीकृतिबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या तीन लाख

काठमाडौँ- वैदेशिक रोजगार विभागबाट छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख बढी पुगेको छ । चालु आर्थिक वर्ष साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९(८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट चार लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए । विभागको तथ्याङ्कअनुसार युएइका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन् ।…
Read More
दुई यातायात प्रालिबीच झडप, एक जना घाइते

दुई यातायात प्रालिबीच झडप, एक जना घाइते

सुर्खेत - वीरेन्द्रनगरको सिटी बसपार्कमा भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिबीच झडप भएको छ । शनिबार बिहान टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको हो । झड्पमा एकजना भिजिट कर्णाली यातायातका व्यवसायी घाइते भएका छन् । घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतमा पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका जनाइएको छ ।संयुक्त यातायात प्रा।लि देखि भिजिट कर्णालीको टिकट काट्ने स्थान फरक रहेको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष गणेश कुमार बिसीले भने,‘ सयुक्तको टोली हाम्रो टिकट काउण्टरमा आएर झडप गरे । सुर्खेत सयुक्त बाहेर अरुले गाडी चलाउन नपाउने भन्ने छ । सुर्खेतमा अरु नयाँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.