आज मितिः २०८३ बैशाख १० गते

नेपाल विद्यार्थी संघ रत्ननगरको नगर सभापतिमा नवीन

रत्ननगर-

नेपाल विद्यार्थी संघ रत्ननगरको नगर सभापतिमा नवीन थापा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, कार्यसमितिको उपसभापतिमा रामचन्द्र दंगाल, सुदीप सुवेदी, अभिषेक खनाल, रोशन तिमल्सिना, सचिवमा अनुप भण्डारी, प्रवीण पौडेल, सफल रिजाल, सहसचिवमा नवीन भट्टराई, शिव बगाले, सुमित क्षेत्री, उमर खान, सरोज शर्मा, कोषाध्यक्षमा सुजिता बिंडारी र प्रवक्तामा सुदीप अर्याल चयन भएका छन् ।

 

यस्तै, नगर कार्यसमितिको सदस्यहरुमा अप्सरा बि।क।, हिमांशु घिमिरे, नवीन तिमल्सिना, सहज खनाल, विकल भट्टराई, स्वरुप अधिकारी, प्रकृति चौधरी, रोहित रौनियार, सन्देश बस्ताकोटी, प्रमिश नेपाल, रितिष्मा सुवेदी, सरोज शर्मा, आयुष ओझा, राखी परियार, अनुप अर्याल, रिजन भट्ट र आश्विन के।सी।चयन भएका छन् ।

 

नेविसंघ नगर सभापति एवं केन्द्रीय सदस्य कल्याण अर्यालको सभापतित्वमा भएको नगर अधिवेशनमा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि नेपाली कांग्रेस नगर सभापति प्रलाद सापकोटाले नेविसंघका वर्तमान नेतृत्व नै भविष्यका मेयर र सांसद्को दाबेदार भएकाले नेतृत्वदायी क्षमताका साथ अगाडि बढ्न आग्रह गरे । युवा वर्गमा राजनीतिक नेतृत्वप्रति वितृष्णा बढ्दै गएकोले सामाजिक सेवामार्फत युवा वर्गको विश्वास जित्नुपर्नेमा उनले जोड दिए ।

 

शहीद स्मृति बहुमुखी क्याम्पस इकाई सचिव अमीरबाबु खनालले सञ्चालन गरेको कार्यक्रममा महासमिति सदस्य तथा नेविसंघ चितवन पूर्वसभापति उत्तम आचार्य, कांग्रेस नगरसचिव अनिता अर्याल, सहसचिव रामचन्द्र पौडेल, नेविसंघ क्षेत्रीय सभापति आयुषचन्द्र श्रेष्ठ, शहीद स्मृति इकाइ सभापति विवेक उदासलगायतको उपस्थिति रहेको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.