आज मितिः २०८३ बैशाख १० गते

स्कुटर र मोटरसाइकल ठोक्किदाँ मोटरसाईकल चालकको मृत्यु

भक्तपुर-

भक्तपुर नगरपालिका-१ चुनदेवी आकाशे पुल नजिकै दुर्घटना हुँदा मंगलबार साँझ साढे ६ बजेतिर
एक जनाको मृत्यु भएको छ। सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको बागमती प्रदेश ०२-०२२ प ८७३२ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२-०२१ प ९०३२ नम्बरको स्‍कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका(६ पाण्डुबजार बस्ने २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए। उनलाई मध्यपुर अस्पताल ठिमी लगिएकोमा त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकल तिव्र गतिमा थियो, जसकारण स्कुटरलाई ठक्‍कर दिएपछि मोटरसाइकल लड्दा चालक केसीलाई गम्भीर चोट लागेको थियो। स्कुटर चालकलाई सामान्य चोटमात्रै लागेको प्रहरीले जनाएको छ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.