आज मितिः २०८३ बैशाख १० गते

युएईमा भगवान श्रीरामलाई स्वागत गरियो

युएई-

श्रीवैष्णव परिषद युएईको आयोजनामा भगवान श्रीरामलाई स्वागत गरिएको छ । २२ जनवरी सोमबार वर दुबई स्थित सिल्भर स्पोन रेस्टुरेन्टमा भगवान श्रीरामलाई पान्चरात्रागम मन्त्रले स्वागत गरिएको हो ।

उक्त कार्यक्रममा १०८ दिप प्रज्वलन नेपालबाट आउनुभएको माता लक्ष्मणा ढकाल आम्माजीको अगुवाईमा भएको थियो।
श्रीबैष्णव परिषद् युएईका बिद्वान् पण्डित अमृत अधिकारी , निर्मल आचार्य, सम्पत कुमार न्यौपाने , प्रदिप दाहाल, गणेश जोशी र मणिराम खतिवडा लगायतका स्वामिजिहरुबाट सुक्त पाठ, बिष्णुसहस्रनाम पाठ, राम चरित्र मानस पाठहरु गरिएको हो ।

नेपालबाट आउनुभएकि माता आम्माजि एवं ममता ढकाल, बुनु नेपाल, चन्द्रीका भन्डारी र बनिता दाहालबाट भगवान श्रीराम जिलाई तुलसी अर्चना गर्नुभयो ।

श्रीबैष्णव परिषद् युएईका अध्यक्ष अमृत अधिकारीले सम्पुर्ण उपस्थित भक्त भागवतहरुलाई स्वागत गर्नु भएको थियो एवं श्रीबैष्णव परिषद् युएईका आगामी कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

त्यस्तै युवा पण्डित सम्पत कुमार न्यौपानेले भागवत चर्चा भगवान श्रीराम जिको आगमन बारे चर्चा गर्दै सम्पुर्ण भक्त भागवतहरु माझ जानकारी गराउनुभएको थियो ।

परिषद् उपाध्यक्ष अन्जली भट्टराईले श्रीबैष्णव परिषद् युएईको सक्षिप्त परिचय राख्नुभएको थियो।
कार्यक्रममा नेपाली समाज युएईका निबर्तमान अध्यक्ष श्री गोबिन्द ढकाल, राजनितिक, धार्मिक अभियन्ता एवं राप्रपाका केन्द्रिय सदस्य तोयानाथ लम्साल, प्रवासी नेपाली एकता समाज युएईका अध्यक्ष एवं समाजसेवी निराजन खत्री, रुपन्देही समाज युएईकि अध्यक्ष कला पगेनी, स्याङ्जा समाज युएईका अध्यक्ष कल्पित भण्डारी, समाजसेवी मणि भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भजन मण्ड्लीद्वारा भजनहरु प्रस्तुत गर्नुभएको थियो भने भजनमा एरिका भट्टराई र श्रेया पान्डे तथा सम्पुर्ण भक्त भागवतहरुले नृत्य गर्नु भएको थियो।
कार्यक्रम संयोजक परिषद् महासचिव मणि राम खतिवडाले प्रवासमा रहेर पनि श्रीवैष्णव परिषद् युएईले धार्मिक अनुष्ठान गर्दै आई रहेको र आगामि दिनमा पनि धार्मिक कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रम श्रीबैष्णव परिषद् युएईका उपाध्यक्ष विद्वान निर्मल आचार्यले सन्चालन गर्नुभएको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.