आज मितिः २०८३ बैशाख १० गते

उद्दार अनलाईन

564 Posts
पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। राति पनि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, केही उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि कुहिरो लागेको छ। जाडोका अधिकांश दिन बिहानदेखि नै सफा देखिने…
Read More
राप्तीकाे वानग्रुपमा प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महाेत्सव हुने

राप्तीकाे वानग्रुपमा प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महाेत्सव हुने

राप्ती । पूर्वी चितवनकाे राप्ती नगरपालिका वडा नं ९ वानग्रुपमा तामाङ समुदायको साँस्कृतिक पर्व मंजू श्री सम्बत २८६० डुकः ल्हो (गरुड वर्ग) सोनाम ल्होछारको अवसरमा यहि  माघ २४ गते देखि २७ गते सम्म  प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महाेत्सव २०८० हुने भएकाे छ । श्रीच्योमदेन दे ढा च्योम गुम्बाकाे आयाेजनामा गुम्बा परिसरमा साँस्कृतिक महाेत्सव हुने भएकाे हाे । आयाेजकले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि साँस्कृतिक उत्सवकाे तयारी र उद्देश्यका बारेमा जानकारी दिएकाे छ । पुरानो ल्हो (बिरालो बर्ग) को बिदाई र नयाँ ल्हो (गुरुड बर्ग) को स्वागतको रुपना तामाङ समुदायले  सोनाम ल्होछार मनाउदै आएका छन् । तामाङ समुदायकाे परम्परागत संस्कृति…
Read More
साैराहामा माघ २८ देखि फूड फेस्टिबल : तयारी तीब्र, सिँगारिदै साैराहा

साैराहामा माघ २८ देखि फूड फेस्टिबल : तयारी तीब्र, सिँगारिदै साैराहा

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा व्यवसायीहरुले १८औं सौराहा फूड फेस्टिबलको तयारी तीब्र पारेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म साैराहाकाे मुख्य बजार नजिक फेस्टिबल हुँदैछ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाउने तयारी गरिएको उनले बताए । सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ उनले भने हामीले हरेक वर्ष प्रणय दिवसको अवसर पारेर फूड फेस्टिवल आयोजना गर्दै आइरहेका छौं । सौराहा सहित चितवनको पर्यटन…
Read More
उज्यालो टाईम्स मिडियाको फेलोसिप तथा अवलोकन भ्रमण सम्पन्न

उज्यालो टाईम्स मिडियाको फेलोसिप तथा अवलोकन भ्रमण सम्पन्न

भरतपुर- गोलाघाटरउज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।को फेलोसिपसँगै पश्चिम चितवनका पर्यटकीय स्थलहरुको अवलोकन कार्यक्रम सम्पन्न भएको छ । बार्षिक कार्यक्रम अन्तर्गत भरतपुर–२८, गोलाघाटस्थित नारायणी रिभर भ्यू रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।का अध्यक्ष राजु भट्टको अध्यक्षतामा गोलाघाटमा सम्पन्न फेलोसिप कार्यक्रमले मिडियाको बार्षिक रुपमा भएका गतिविधिहरुको समिक्षासँगै भावी योजनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा उज्यालो टाईम्सको आयोजना भएको उज्यालो तिहार कार्यक्रमको आम्दानी खर्चको समेत जानकारी, कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउनु भएका मुख्य प्रायोजक, सह–प्रायोजक, प्रायोजक, अन्य सहयोगी संस्थाहरु लगायतलाई समेत धन्यवाद व्यक्त गरिएको थियो । फेलोसिप कार्यक्रममा भरतपुर–२८, गोलाघाटस्थित नारायणी रिभर भ्यू रिसोर्टका सञ्चालक…
Read More
आज देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रवेशसँगै शनिबार साँझदेखि चिसो हावा चल्न थालेको र आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ । आइतबार देशैभर बदली भए पनि सुदूरपश्चिम र कर्णालीका धेरै क्षेत्रमा वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा तथा बागमतीका थोरै स्थान र बाँकी क्षेत्रको पहाडी भागमा छिटपुट वर्षाको सम्भावना छ । तराई क्षेत्रमा पश्चिमबाट लुम्बिनीसम्म वर्षा भए पनि त्यहाँदेखि पूर्वतिर भने सम्भावना नरहेको महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सोमबार साँझदेखि भने पश्चिमी वायु…
Read More
रास्वपाको आजदेखि राष्ट्रव्यापी दबाब अभियान सुरु

रास्वपाको आजदेखि राष्ट्रव्यापी दबाब अभियान सुरु

सिन्धुपाल्चोक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरु गर्ने भएको छ। आगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट शुभारम्भ गर्दैछन्। ‘राष्ट्रव्यापी दबाब अभियान’ को मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले जानकारी दिइन्। उनले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको जानकारी दिइन्। सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन्। मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको जनाइएको छ। पदयात्राका क्रममा स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने बताइएको छ।…
Read More
सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासी- पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको हो ।   शनिवार राती अज्ञात समूहले गोली प्रहारगर्दा बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका(१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका थिए ।   विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् । उनको देब्रे हातको केही भाग काटिएको छ । पसल बन्द गरेर फर्केको समयमा उनिहरुले आक्रमण गरेका थिए ।  
Read More
पूर्व सईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्ता

पूर्व सईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्ता

काठमाडौं- एक पूर्व सईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्ता भएको छ। बलात्कार आरोपमा उनि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका पूर्व सईलाई पक्राउ परी कारबाही प्रक्रिया अघि बढाएको हो। सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन्। उनलाई कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो ।
Read More
श्रीमती र छोराको हत्या गरेपछि एक प्रहरीले गरे आत्मसमर्पण

श्रीमती र छोराको हत्या गरेपछि एक प्रहरीले गरे आत्मसमर्पण

दाङ- श्रीमती र छोराको हत्या गरेपछि एक प्रहरी जवानले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरे पछि उनले आत्मसमषर््ण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङले विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। नेपालगञ्जबाट श्रीमती आएकी छन् भनेर विक शनिबार राति कार्यालयबाट बिदा मागेर गएका थिए। त्यस राति विक परिवारसहित घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बसेका थिए। आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।…
Read More
कृत्रिम गर्भधारणमा इम्ब्रोलोजिस्टको भूमिकास् बीर्य जाँचदेखि भ्रुण बनाउनेसम्म

कृत्रिम गर्भधारणमा इम्ब्रोलोजिस्टको भूमिकास् बीर्य जाँचदेखि भ्रुण बनाउनेसम्म

वैदेशिक रोजगारीमा जानेहरुमा नि:सन्तानपनको समस्या किन बढ्दैछर? डा. विनिता थापा १- नि:सन्तान दम्पतीमा क्लिनिकल रुपमा कृत्रिम गर्भधारणका लागि इम्ब्रोलोजिस्टको भूमिका के हुन्छरु इनभीट्रो फर्टिलाइजेसन  गर्नका लागि महिलाको डिम्बासयलाई सक्रिय स्टीमुलेट गरिन्छ। कृतिम गर्भधारण गराउनका लागि सक्रिय बनाइने हो। जस्तो प्राकृतिक रुपमा महिनामा एउटा वा दुइटा अथवा तीनवटासम्म अण्डा निस्कन्छ। तर कृतिम गर्भाधारण गराउनका लागि त्यो संख्या अलि बढाइन्छ। किनभने राम्रो भ्रुण बनाउन सकियोस। महिलाको डिम्बलाई स्टीमुलेट गरेपछि अण्डा निकालिन्छ। त्यहाँबाट बल्ल इम्ब्रोइलोजिष्टको काम सुरु हुन्छ। महिलाको अन्डालाई निकालेपछि त्यसलाई पुरुषको शुक्रकिटसँग मिसाएर भ्रुण बनाउने काम इम्ब्रोलोजिष्टको हुन्छ। भ्रुणलाई ३ देखि ५ दिनसम्म कल्चर गरेर गुणस्तर हेरिन्छ। भ्रुणलाई आमाको डिम्बासयसम्म नराखेसम्म…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.