आज मितिः २०८३ बैशाख ८ गते

पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं-

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति पनि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, केही उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि कुहिरो लागेको छ। जाडोका अधिकांश दिन बिहानदेखि नै सफा देखिने उपत्यकाको आकाश आज भने धमिलो देखियो।

अहिले कोशी, मधेश र बाग्मती प्रदेशमा बादल लागिरहेको छ। यी प्रदेशका अधिकांश स्थानमा मौसम काठमाडौँ उपत्यकाको जस्तै छ। सुदूरपश्चिमको पहाडी भू–भागको मौसम सफा छ भने तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.