आज मितिः २०८३ बैशाख ८ गते

उज्यालो टाईम्स मिडियाको फेलोसिप तथा अवलोकन भ्रमण सम्पन्न

भरतपुर-

गोलाघाटरउज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।को फेलोसिपसँगै पश्चिम चितवनका पर्यटकीय स्थलहरुको अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।

बार्षिक कार्यक्रम अन्तर्गत भरतपुर–२८, गोलाघाटस्थित नारायणी रिभर भ्यू रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो ।

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।का अध्यक्ष राजु भट्टको अध्यक्षतामा गोलाघाटमा सम्पन्न फेलोसिप कार्यक्रमले मिडियाको बार्षिक रुपमा भएका गतिविधिहरुको समिक्षासँगै भावी योजनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा उज्यालो टाईम्सको आयोजना भएको उज्यालो तिहार कार्यक्रमको आम्दानी खर्चको समेत जानकारी, कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउनु भएका मुख्य प्रायोजक, सह–प्रायोजक, प्रायोजक, अन्य सहयोगी संस्थाहरु लगायतलाई समेत धन्यवाद व्यक्त गरिएको थियो ।

फेलोसिप कार्यक्रममा भरतपुर–२८, गोलाघाटस्थित नारायणी रिभर भ्यू रिसोर्टका सञ्चालक सुशिल कुमाललाई मिडियाको तर्फबाट सम्मान समेत गरिएको थियो ।
फेलोसिप कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्ट, उज्यालो टाईम्सका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, निर्देशकहरु कपिल सागर कर्माचार्य, राजकुमार श्रेष्ठ, सुकदेव काप्री ९विकास०, महिला उद्यमीहरु सुनिता लिगल कर्माचार्य, राधा शर्मा, संगीता श्रेष्ठ, लुना पाण्डे भट्ट, सञ्जु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.