आज मितिः २०८३ बैशाख ६ गते

पूर्व सईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्ता

काठमाडौं-

एक पूर्व सईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्ता भएको छ। बलात्कार आरोपमा उनि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका पूर्व सईलाई पक्राउ परी कारबाही प्रक्रिया अघि बढाएको हो।

सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन्।

उनलाई कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.