सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारी
काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्तिका सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्। यसअघि नागरिक उन्मुक्तिका दुई प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा पेश गरेको दाबी प्रदेश प्रमुख मियाँले अस्वीकृत गरेका थिए। सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।